मगरहरुले माघे सकराती कसरी मनाउँछन् ?

बुटवल । नेपालका मगर जातिहरू बीच माघे सकरातीलाई मुख्य पर्वको रूपमा धुमधामसॅग मनाउने चलन छ । मगरहरूको राष्ट्रिय पर्व घोषणा भइसकेको माघे सकराती पूर्व र पश्चिम अर्थात् मगरहरू बीचमै पनि भिन्न विशेषता र प्रकृतिमा मनाइने गरेको छ। माघे सकरातीलाई मगर समुदायले तीन दिनसम्म धुमधामका साथ चेलीबेटी पुज्ने र पितृ पूजा गर्ने पर्वका रूपमा मनाउने गरेको पाइन्छ। बालकहरू धनु काँड खेल्दै माघे सकरातीको रौनकका सुरू गर्छन्। वन -तरुलबिना दिदी बहिनीलाई पूजा गर्न नमिल्ने मान्यता भएकोले पुस मसान्तमा दाइ भाइ जिरेलतिर लाग्छन्। घरमा बसेकाहरू धान कुट्दै, सक्खर तथा घर(तरुल खनेर तयारी गर्छन्। अबेर वन (तरुल लिएर फर्केका पाइहरू रात भरर तरुलपकाउने देखिखि पुरी बनाउने अधिष्ठान्न भोजपकाउनुमामा व्यस्त हुन्छन्।


पहिलो दिन
माघे सकरातीको दिन बिहान दाजुभाइले नुहाएर खाली पेटमा कुल -कुलायन र पुर्खालाई पूजा गरेपछि दिदीबहिनीलाई ‘निस्रो’ले पुज्ने गर्छन्। पूजा गर्दा थालमा अलिकति चामलका साथ विभिन्न तरुल, पुरी, मिठाई आदि खानेकुरा र दक्षिणा राखेर दिने चलनलाई ‘निस्रो’ भनिन्छ। त्यसपछि वंशजका साथै विवाह गरेर छिमेकी गाउँ-ठाउँमा पुगेका दिदीबहिनीलाई ‘निस्रो’ बाँड्दै घर-घरमा पुग्छन्।

दोस्रो दिन
दोस्रो दिन युवतीहरू ‘माघ खान’ (वनभोज जस्तै) समूह-समूहमा बाँडिएर गाउँभन्दा टाढा बर्खे गोठतिर लाग्छन्। दाजुभाइले निस्रोमा टक्राएको चामल र विभिन्न खानेकुरा बोकेका उनीहरू साथमा खाना पकाउने भाँडाकुँडा पनि लान्छन्। निस्रोमा आएको खानेकुरा र चामल त्यही दिन सिध्याउने चलन रहेकाले उनीहरू दिनभरिमा ५ र ६ पटकसम्म त भातको विभिन्न परिकार बनाएर खान्छन्। गाउँमा धान नहुने भएर पनि होला, चामलको भात ‘चिज’ हुन्छ, त्यसैले त्यो दिन युवतीहरू अमन लाग्नेगरी भातबाट बनेका परिकारको स्वाद लिन्छन्। कहिलेकाहीं घरबाट धनुकाँड खेल्दै ‘माघ खान’ गएका युवतीहरूकहाँ पुगेका युवाहरूले पकाएको खाना खाइदिँदै थप रमाइलो र ठट्टा गर्ने पनि गर्छन्।
 
 
दिन छिप्पिँदै गएपछि ती गाउँको चौतारामा भेला भएर ‘होम्पई’ (परम्परागत जातीय नृत्य) नाच्छन्। यसमा डोकोलाई सारी(चोलो लगाइदिएर पोते-तिलहरी र चुरा लगायतका गहनाले सजाइन्छ। होम्पई नाँच्दा केटी डोकोभित्र रहेर काठबाट बनाइएका टाउको, हात हल्लाउँदै, जिस्कँदै फन्फनी घुमेर नाच्छन्। जुनसुकै उमेरका पनि यो नृत्य र मेला हेर्न गाउँको चौतारीमा भेला हुन्छन्। मेलामा कसैले पिङ खेल्छन्, कैसैले धनुकाँड खेल्छन्, कसैले नाँच हेर्छन् भने कोही दोहोरी गाएर रमाइलो गर्छन्। युवतीहरू होम्पई नाचिसकेपछि युवा र बूढापाकाको ‘पैसारु र पैचारु’ नाच सुरू हुन्छ। यो गोलो आकार बनाएर झिली, मादल, पैजन, छिनछिनेजस्ता विविध बाजागाजाको धुनमा नाच्ने गरिन्छ। युवा सिकारुहरूले नाइकेलाई पछ्याउँदै पैचारुको बाइस चाला (नाचको प्रकार) नाच्छन्, जसको बीचबीचमा तालसँगै स्वरको लय मिलाएर उत्साहित पार्ने पनि गरिन्छ।

अन्तिम दिन
माघे सकरातीको अन्तिम दिन गाउँभरिका पुरुष भेला भएर ‘तारो हान्ने’ चलन छ। विभिन्न स्थानमा धनुषकाँडले तारो हान्ने गरे पनि झुम्लाबाङमा काठको फ्ल्याकमा अंगारले लगाइएको गोलो चिह्नलाई बन्दुकको निसाना बनाइन्छ। पर्वको रमझममा हल्लिँदै निसाना ताकेकाहरूमध्ये जसले गोलो चिह्नमा लगाउन सक्छ, त्यसलाई तितेपाती लगाई सम्मानसाथ काँधमा बोकेर गाउँ घुमाउने र खानेकुरा खुवाइन्छ। साँझतिर स-साना केटाकेटी जम्मा भएर घर(घरमा गई ‘बासी आन्द्रा पाई कि नपाई’ भन्दै सोध्ने गर्छन्। उनीहरूलाई पर्वमा बचेखुचेका खानेकुरा दिइन्छ। यसरी मगर जातिको बहुलता रहेको गाउँ झुम्लाबाङमा ‘माघे सकराती’ हर्षोल्लासपूर्वक मनाइन्छ।