आलिताल गाउँपालिकाद्धारा जेष्ठ नागरिक र एकल महिलालाई न्यानो कम्बल वितरण

आलिताल गाउँपालिकाद्धारा जेष्ठ नागरिक र एकल महिलालाई न्यानो कम्बल वितरण

डडेल्धुरा : आलिताल गाउँपालिका द्धारा जेष्ठ नागरिक र एकल महिलालाई न्यानो कम्बल वितरण गरिएको छ । पछिल्लो समय देश भरचिसो बढे संगै पालिकाले न्यानो कम्बल वितरण गरेको हो । आर्थिक वर्ष ०७८/०७९ को बार्षिक योजना अनुसार आइतबार दिउसो वार्ड नं ८ का बिपन्न , जेष्ठ नागरिक र एकल महिलालाई न्यानो कम्बल वितरण गरेको गाउँ पालिकाले जनाएको छ ।  

केहि  दिन यता देश भर झरि परिरहेको र तराईका जिल्लाहरुमा सितलहर पनि बढि रहेको छ । जसको प्रभाव भित्रि मधेशका क्षेत्रमा पनि बढ्दो छ । न्यानो कपडा नभएकै कारण देशका बिभिन्न ठाउमा केहि नागरिकले त जाडोले कठ्याङ्ग्रिएर ज्यान पनि गुमाईसके घटना पनि हामि सम्म सुन्नमा आएका छन् । त्यसकारण न्यानो कपडा किन्न नसक्ने कम्जोर आर्थिक अवस्था भएका बिपन्न तथा जेष्ठ नागरिक र एकल महिलालाई  पालिकाले आफ्नो जिम्मेवारी पूरा गर्न न्यानो कम्बल वितरण गरेको ८ नं वडा अध्यक्ष गणेश थापा मगरले बताए छन् ।