पुँजीवारे सरल, गहन र पठनीय सामग्री 

मार्क्सको पुँजी : पढ्ने र बुझ्ने तरिका

पुँजीवारे सरल, गहन र पठनीय सामग्री 

कम्युनिस्ट आउटलुकले पुँजीवारे महत्वपूर्ण विचारप्रधान पत्रिका प्रकाशन गरेको छ । पत्रिकामा पुँजीवारे अनुसन्धानात्मक अध्ययन, खोज, बहस गर्दै आउनु भएका प्रभात पटनायक, युवराज पन्थी, हरि रोका, सुदर्शन मंगोल, चिन्तामिण घिमिरेको महत्वपूर्ण सामग्रीहरु प्रकाशित गरिएको छ । 

पत्रिकामा नेकपाका महासचिव विप्लवको महत्वपूर्ण अन्तर्वार्ता समेत रहेको छ । महासचिव विप्लवले समसामयिक बिषयमा पार्टीको धारणा व्यक्त गर्नुभएको छ । पन्थीले मार्क्सको पुँजीबारे चर्चा गर्नुभएको छ । मार्क्सका तीन खण्ड अनुवाद गर्नुभएका पन्थीले यसलाई पढ्ने र बुझ्ने तरिकाबारे लेख्नुभएको छ । उहाँले मानव समाजमा पुँजीको उत्पत्ति, मानव जातिको युगमा पुँजीको चरित्र, वैज्ञानिक समाजवाद र साम्यवादमा पुँजीको चरित्र, मालबारे माक्र्सको धारणा, माल, मुल्य र मुद्रा बीचको सम्बन्ध, पुँजीवादमा पुँजी र श्रमको सम्बन्ध, उपयोग मूल्य, विनियम मूल्य, एडम स्मिथ, रिकार्डोबारे माक्र्सको धारणालगायत आदि गहन बिषयहरुबारे चर्चा गर्नुभएको छ । 

भारतीय प्रसिद्ध मार्क्सवादी विद्धान प्रभात पटनायकले थोमस पिकेट्टीको पुँजीमा देखिने असमानताहरुको समीक्षा गर्दै पिकेट्टीको नवशास्त्रीय आयामबारे चर्चा गर्नुभएको छ । उहाँले पुँजीको विश्वव्यापीकरण र सम्पत्तिको असमानता, पुँजीको गतिशीलता र यसको आयामबारे गहन चर्चा गर्नुभएको छ । 

सुदर्शन मंगोलले पुँजी र मार्क्सको आर्थिक विचारबारे गहन चर्चा गर्नुभएको छ । उहाँले पुँजीबारे माक्र्सको विचारहरुलाई उदृत गर्दै श्रम मूल्यको सिद्धान्त, उपभोग मूल्य र विनियम मूल्य, श्रमका स्वरुप, मूल्य नियमबारे, मुद्रा र दाम, एकाधिकारी मूल्य, श्रम, श्रम शक्ति र श्रम प्रक्रिया, अतिरिक्त मूल्यको सिद्धान्तबारे चर्चा गर्नुभएको छ ।   

चिन्तामणि घिमिरेले मार्क्स, आदिम र आधुनिक पुँजी संचयबारे गहन चर्चा गर्नुभएको छ । वामपन्थी विश्लेषक हरि रोकाले मार्क्स, पुँजी र आजको विश्व पुँजीवादबारे गहन चर्चा गर्नुभएको छ । उहाँले यसबारे इतिहास र सिद्धान्त, मार्क्सवादीमा आएको उतारचढाव, र मार्क्सवादको विकासबारे लामो चर्चा गर्नुभएको छ । 

विचारधारात्मक बहस गर्दै आएको कम्युनिस्ट आउटलुकले यसपटक पुँजीबारे महत्वपूर्ण सामग्रीहरु पस्किएको छ । यसले पुँजीवारे बुझ्न महत्वपूर्ण भूमिका खेल्नेछ । सुदर्शन मंगोल र चिन्तामणि घिमिरेले पत्रिकाको सम्पादन गर्नुभएको छ भने व्यवस्थापक देवीराम थापाले गर्नुभएको छ । यसको मूल्य १०० रहेको छ ।