चिङ काङ शानमा फेरि चढ्दा

बीसौं शताब्दीका महान् नेता कमरेड माओको १२९ औं जन्मजयन्तीको अवसरमा उहाँप्रति उच्च सम्मान व्यक्त गर्दछौं । साम्राज्यवाद, आधुनिक संशोधनबाद र सबैखाले अवसरवादका विरुद्ध निर्मम लडाई लडेर माक्र्सवाद–लेनिनवादको रक्षा र विकास गर्दै विश्व सर्वहारा क्रान्तिलाई नयाँ दिशा र गति दिने महान् नेता कमरेड माओको मृत्यु भएको झण्डै पैतालिस बर्ष भइसकेको छ । 

विश्व मानव जातिलाई वधशाला बनाउने जर्मन तानाशाह हिटलरको गुरुयोजनालाई तह लगाउने कमरेड स्टालिनको मृत्युसँगै सोभियत रुसको साम्यवादी सत्ता खु्रश्चेभको हातमा पुगेसँगै विश्व कम्युनिस्ट आन्दोलनको नेतृत्व कमरेड माओले गर्नुभयो । उहाँले कमरेड स्टालिनको मृत्युपछि खु्रश्चेभको आधुनिक संशोधनवाद र चीनमा पैदा भएको पार्टीभित्रको अवसरवादका विरुद्ध सम्झौताहिन सङ्घर्ष गर्नुभयो । तर १९७६ मा कमरेड माओको निधनपश्चात विश्व कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्ने शक्ति कुनै देशमा पनि देखा परेन । सन् १९८४ मा मालेमावादको रक्षार्थ केही गर्ने प्रयत्न गरेको देखिएपनि यस सम्बद्ध पार्टी आरसीपी अमेरिका लगायत केही पार्टीहरुमा देखिएको वैचारिक अन्यौलपछि विश्व कम्युनिस्ट आन्दोलनमा थप अन्यौल सिर्जना भयो । ८० को दशकमा पेरू कम्युनिस्ट पार्टीले लिएको दीर्घकालीन जनयुद्धको अबलम्बनले विश्व क्रान्तिको अभिन्न अंग बन्न पुग्यो । तर ९० को दशकमा केन्द्रीय राजधानी लिमा कब्जा गर्न पुगेको शक्ति पार्टी अध्यक्ष क. गोञ्जालोका गिरफ्तारीसँगै पेरु कम्युनिस्ट पार्टीले धक्का खान पुग्यो । त्यसपछि नेपालमा ०५१/०५२ मा नेकपा माओवादीले जनयुद्धले विश्वको सर्वहारा वर्गमा अर्को क्रान्तिकारी आशावाद सिर्जना गर्यो । ०६२ हुँदै ०६४ मा आइनपुग्दै नेतृत्वको गद्वारी र राजनीतिक/वैचारिक आत्मसमर्पणका कारण सबै शक्ति रातारात गुम्यो । 

आज हामी माओ जन्मजयन्ती मनाइरहँदा विश्व साम्राज्यवाद र यसका दलालहरु ज्यूँका त्यूँ छन् । नेपाल सामन्ती, अर्धसामन्ती, नवउपनिवेश हुदै दलाल पुँजीवादमा प्रवेश गरेको छ । साम्राज्यवादको हस्तक्षेप तीब्र छ । साम्राज्यवादको चौतर्फी घेराबन्दी छ भने आर्थिक उदारिकरणको नाममा आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको नीतिलाई पुरै अस्वीकार गर्दै परनिर्भर अर्थनीति अवलम्वन गर्ने नेपाली दलाल शासकवर्गको अर्को कारण हामीले आजको नियति भोग्नु परिरहेको छ । 
आजको सन्दर्भमा नेपालमा कमरेड माओले प्रक्षेपण गरेका सिद्धान्तहरु अझ सान्दर्भिक हुदै गईरहेका छन् ।   

चीनको हुनान र क्याङसी प्रान्तवीचको विशाल पर्वतमालाको नाम हो चिङ्काङसान । चिनियाँ क्रान्तिको इतिहासमा पहिलो पटक १९२७, सेप्टेम्बर २७ मा पहिलो आधार इलाका कायम भएको थियो । त्यो क्रान्तिकारीहरुको आधार इलाकालाई ध्वस्त पार्न च्याङकाइसेकको प्रतिक्रियावादी शासकले चार पटक घेरा हालेको थियो तर बैरीहरु असफल भएको थियो । सफल चिनियाँ क्रान्ति बिजयको मुख्य आधारशिविर थियो चिङकाङसानको अग्लो पहाड । कमरेड माओले क्रान्तिको उक्त उद्गम भूमिलाई कहिल्यै भुल्नुभएन र १९६५ मा फेरि चिङकाङसान पुग्नुभयो । त्यहिबेला “चिङकाङसानमा फेरि चढ्दा” शीर्षकको एउटा कविता लेख्नुभयो । जुन कविता आफ्नो मृत्युभन्दा अगाडी कमरेड माओले आफू निकटका सबै शीर्ष नेताहरुहरुलाई आन्तरिक रुपमा सर्कुलर समेत गर्नुभएको थियो । वास्तवमा कमरेड माओको यो कविता चिङकाङसानको पहाडलाई लेखेको प्रेमपत्र थियो । यसमा कमरेड माओको बैचारिक आस्था र निरन्तर क्रान्तिमा लागिरहने प्रतिवद्धता थियो । –(सम्पादक)

चिङ काङ शानमा फेरि चढ्दा
–माओ त्से तुङ

म लामो समयदेखि वादलमा पुग्न अभिप्रेरित भएको छु
फेरि म धेरै टाढावाट आएको छु
हाम्रो पुरानो वासस्थान, चिङ काङ शान चढ्न भनेर । 
पहिलेका दृश्यहरु वदलिएका छन्,
ओरिअल चराहरु गाउँछन्, गौथलीहरु चक्कर मार्छन्,
खोलाहरु जहाँतहीं सुसाउँछन्
र वाटो आकाशतिर चढ्छ । 
एकपटक हाङग याङग चिह पार गरिएको छ
कुनै पनि अरु खतरनाक ठाउँ देख्न पर्दैन । 

वतास र मेघ गर्जन लागिरहेका छन्,
झण्डा र व्यानरहरु उडिरहेका छन् 
जहाँकहाँ मानिसहरु बस्छन्
अठ्तीस बर्षहरु भागेका छन् ।
औंलाहरु भाँच्दाभाँच्दै
हामी नवौं आकाशमा चन्द्रमा समात्न सक्छौं
र पाँच सागरहरुका गहिराईमा कछुवा पक्रन सक्छौं
विजयी गीत र हाँसोका बीचमा हामी फर्कने छौं
यो दुनियामा कठिन भन्ने कुरा केही छैन 
यदि तिमी उचाई नाप्ने हिम्मत गर्छौ भने ।


(लेखिएको मई १९६५, प्रकाशित जनवरी २,१९७६ )