संसदीय व्यवस्थाका कारण खेलकुद क्षेत्र सङ्कटमा छ : बास्तोला

'खेलकुदको संरचनालाई वैज्ञानिक ढंगले आमुल परिवर्तन गरेर जानुपर्ने'

संसदीय व्यवस्थाका कारण खेलकुद क्षेत्र सङ्कटमा छ : बास्तोला

बुटवल । नेकपा केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले दलाल पुँजीवादी संसदीय व्यवस्थाका कारण खेलकुद क्षेत्र सङ्कटमा परेको बताउनु भएको छ । नेपाल गणतान्त्रिक खेलकुद महासंघ केन्द्रीय समितिको आयोजनामा बुधबार राजधानीमा आयोजित “राष्ट्रिय स्वाधीनतामा खेलकुदको भुमिका” विषयक बृहत अन्तरक्रियामा बोल्दै नेता बास्तोलाले संसदीय व्यवस्थाका कारण राष्ट्रिय स्वाधीनता सङ्कटमा परेको भन्दै त्यसको प्रत्यक्ष असर खेलकुद क्षेत्रमा परेको बताउनु भएको छ । ललितपुरको सातदोबाटोमा गएिको कार्यक्रममा बोल्दै बास्तोलाले भन्नुभएको छ, “राष्ट्रको अवस्था दयनीय छ, राष्ट्रको अवस्था जुनप्रकारको दयनीय छ, त्यस्तै खेल र खेलकुद क्षेत्रको अवस्थापनि दयनीय नै देखिन्छ । यो अवस्थालाई बदल्न हामीसवै जुट्नुपर्छ ।”

बास्तोलाले सहि कुरा बोल्दा राज्यले नेकपामाथि प्रतिबन्ध लगाएको भन्दै अहिले राज्यसँग ३ बुँदे भएको  र त्यसलाई सरकारले तत्काल कार्यान्वयन गर्नुपर्ने बताउनु भयो । उहाँले राज्यले ३ बुँदे कार्यन्वयनमा आलटाल गरे परिणाम ठिक नहुनेकुरामा जोड दिनुभयो । अहिले राष्ट्रघाती एमसिसि परियोजनालाई नेपालमा लागु गरेर स्वाधीनतालाई दाउमा राख्न चाहने दलाल सत्ताधारीहरुलाई त्यस्तो नगर्न कमरेड कञ्चनले चेतावनी दिनुभयो । 

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा नेपाल गणतान्त्रिक खेलकुद महासंघका फ्रयाक्सन ईन्चार्ज कमरेड मिलनले अन्तरक्रिया कार्याक्रममा अवधारणापत्र पेश गर्दै राष्ट्रको संङ्कटग्रष्त अवस्था र खेलकुद क्षेत्रले खेल्नुपर्ने भुमिकाको बारेमा चर्चा गर्नुभयो । उहाँले राज्य र खेलकुद क्षेत्रले भोग्नुपरेको समस्याको बारेमा यस्तो संङ्कटग्रष्त अवस्थामा राज्यसत्ता, सरकार, खेलकुद क्षेत्र, खेलाडी, राष्ट्रिय स्वाधीनताबारे निकाशका लागी  राज्य र खेलकुदको यो संरचनालाई वैज्ञानिक ढंगले आमुल परिवर्तन गरेर जानुपर्ने बताउनु भयो । 

कार्यक्रममा मन्तव्य राख्नेहरुमा शिव कोईराला उपाध्यक्ष नेपाल खेलकुद परिषद, रमेश पौडेल अध्यक्ष नेपाल खेलकुद महासंघ, गणेश थापा उपाध्यक्ष एसियन फुलबल संघ, रन्जन थापा अध्यक्ष खेलकुद कर्मचारी संघ, कर्मछिरि· सेर्पा अध्यक्ष एन्फालगाएतले आधारपत्रमा आधारित रहेर खेलक्षेत्रको विकाशमा खेल्नुपर्ने भुमिका र राष्ट्रिय स्वाधीनताबारे बोल्नुभएको थियो । अन्तरक्रिया कार्यक्रमको अध्यक्षता नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय अध्यक्ष कमरेड जयन्द्रबहादुर चन्दले गर्नु भएको थियो, भने कार्यक्रमको संचालन संगठनका महासचिव कमरेड विनोद चन्दले गर्नु भएको थियो । निकै भब्यरुपमा सम्पन्न भएको अन्तरक्रिया अन्तर्राष्ट्रिय पौडी परिषर, सातदोबाटो ललितपुरमा सम्पन्न भएको हो ।