नेकपा बुटवल उपमहानगर कमिटीले गर्‍यो रानिगञ्जमा जनश्रम

बुटवल । नेकपा बुटवल उपमहानगर कमिटी रूपन्देहीले रानिगञ्जमा जनश्रम गरेको छ । नेकपा उपमहानगर कमिटीको रानिगञ्मा  आलु उत्पादन गर्ने योजना अनुसार आलु रोपेको हो । 

उत्पादनमा नेकपा रूपन्देही जिल्ला सेक्रेटरी विश्वासले नेतृत्व गर्नुभएको छ ,भने जिल्ला पार्टी सदस्य तथा बुटवल  उपमहानगरपालिका सेक्रेटरी बिरेन्द्र लगायत जिल्ला स्तरका नेता कार्यकर्ता र स्थानिय पार्टी कमिटी जनताको सहभागिता रहेको थियो ।

पार्टी केन्द्रको योजना अनुरूप जिल्ला पार्टीले पनि सैनामैनामा सामुहिक आलु खेति गरेको र जिल्लाको योजना अनुसार सबै नगर कमिटीहरूहरूलाई पनि आर्थिक आत्मनिर्भर बनाउन र कार्यकतालार्ई श्रममा अनिवार्य जोडिनु पर्ने भन्दै मालेमावादी वैचारिक नेतृत्वमा उत्पादन कार्यलाई तीव्रता दिईने  सेक्रेटरी विश्वासले बताउनु भयो ।