नेकपा रौटहट/सर्लाहीको संयुक्त आयोजनामा पार्टी पुनगर्ठन दिवस मनाइयो

नेकपा रौटहट/सर्लाहीको संयुक्त आयोजनामा पार्टी पुनगर्ठन दिवस मनाइयो

सर्लाही/नेपाल कम्युनिस्ट पार्टी सर्लाही,रौतहटको संयुक्त आयोजनामा ८ औं पार्टी पुनर्गठनको दिबस सम्पन्न गरेको छ । सभामा प्रमुख अतिथी केन्द्रिय सल्लाहकार समिति सचीव चित्र बहादुर आले (पवन) विशेष अतिथी केन्द्रिय सदस्य समर, विशेष कमिटी सदस्य पवन महतो,विशेष कमिटी सदस्य जनक राउत,युवा संगठन नेपालका केन्द्रिय  सचिबालय सदस्य बिचार मान थिङ,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका सचिबालय सदस्य तथा २ नम्बर प्रदेश इन्चार पदम मगर,अखिल क्रान्तिकारीका सचिबालय सदस्य तथा प्रदेश नम्बर २ इन्चार्ज  प्रभात भट्टराई,वाम पन्ती नेता बेद बहादुर थापा,किसान महासंघका केन्द्रिय सदस्य किसुनदेब शर्मा,मदेशी मुक्ति मोर्चाका केन्द्रिय सदस्य ठगाराम,युवा संगठन नेपालका केन्द्रिय सदस्य भरत पुलामी,अनेम संघका रौतहट जिल्ला अध्यक्ष भक्ती माया रेग्मी,अनेमसंघका सर्लाही जिल्ला अध्यक्ष प्रमिला लामा राउत,अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा रौतहट,सर्लाही इन्चार्ज रमेश,श्रमिक समुदाय मोर्चाका केन्द्रिय सदस्य शरण बिक,नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका सर्लाही जिल्ला सदस्य  बद्री प्रधान लगायतका नेताहरुको उपस्तिथि रहेको थियो।

स्वागत मन्तव्य बिचारमानले राखेको थियो । सभाका अध्यक्षता सर्लाही जिल्ला सेक्रेटरी कमल सुस्लिङले गर्नु भएको थियो । सभा संचालन रौतहट जिल्ला सेक्रेटरी कुमार ले गर्नु भएको थियो । सभामा प्रमुख अतिथिले सदै जनतालाई जुक्याएर गाउँ गाउँमा  सिंह दरवारको नाममा लुटिरहेको बेबस्थामा भोट नहाल्न अपिल गर्नु भयो । सदै अबसरबादिहरुलाई भोट हालेर गद्दार हरुलाई मन्त्री बनाएर जनताको अधिकार सुनिस्चित नहुने झिकिर गर्नु भयो । प्रचण्ड सधै सबै संग झुटको खेती गर्दै हिनेको आरोप लगाउनु भयो । संसदिय ब्यबस्था कुहि सकेको बताउनु भयो। जनयुद्धको अपुरा कार्याबार पूरा गर्ने बाटोमा नेपाल कम्युनिस्ट पार्टी बेप्लबले नेतृत्व गरेको पार्टी मात्र रहेको झिकिर गर्नु भयो । बिप्लब नै एउटा अन्तिम जनताको आसाको केन्द्र रहेको बताउनु भयो । विशेष अतिथी मिसन शाहिले एम सिसि का केही प्रतिनिधि फेरि नेपाल आएर दलाल हरु संग साठघाट गरिरहेको छ यस्को सबैले बिरोध गर्नु पर्ने बताउनु भयो ।नेपाल बन्द सम्माको कार्यक्रम गर्दा पनि पेट्रोलियम पदार्थको मुल्य नगटाएको र अजै संघर्स गर्नु पर्ने बताउनु भयो ।