नेपाल कम्युनिस्ट पार्टी नवलपरासीले पार्टी पुनर्गठन दिवस मनायो 

बर्दघाट।नेपाल कम्युनिस्ट पार्टी नवलपरासि जिल्ला समितिले ८ औं  पार्टी पुनर्गठन दिवस मनाएको छ। पार्टीले एक कार्यक्रम बिच पार्टी पुर्नेगठन दिवस मनाएको हो ।नेकपा नवलपरासि सेक्रेटरी धिरजको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी पाटीका केन्द्रिय सदस्य एवं नवलपुर/नवलपरासी इन्चार्ज शरद ओलिको रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी शरद ओलिले नेपाल कम्युनिस्ट पार्टी पुजीवादी दलाली भ्रष्टाचारीलाई तह लगाउन जन्मिएको पाटी हो।अन्याय र देश बिकासको लागि रातदिन नभनी हिढ्ने पाटी  हो सडक आन्दोलन देखि दबाएर राखिएका अन्यायलाई न्याय दिने पाटी भएर हिढेको आज ८ औं पार्टी पुनर्गठन दिवसको अबसरमा शुभकामना ब्यक्त गर्नु भएको थियो ।

जिल्ला सेक्रेटरी धीरजले एकिकृत जनक्रान्तिको बाटोमा लाग्न प्रेरित गर्नुभयो साथै अब जिल्लामा पार्टी विस्तार भइरहेको कुरा राख्दै पार्टी पुनर्गठन दिवसको शुभकामना राख्नुभएको थियो। हाम्रो पार्टी देखेर दलालहरू आतिएको समेत बताउँदै अब वैज्ञानिक समाजबादको बारेमा जनमत संग्रह गर्नुपर्ने पनि उहाले थप्नु भएको थियो।

त्यसैगरी अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा नवलपरासी  जिल्ला इन्चार्ज विकल्पले"हामी कमरेड चे जस्तो बन्नु पर्छ कन्हैया कुमार जस्तो होइन"भन्दै उपस्थीत जनमासलाई प्रशिक्षित गर्नु भएको थियो।उहाँले सबैलाई एकिकृत जनक्रान्तिको कार्यदिशामा लामबद्ध भएर लाग्न पनि अनुरोध गर्नुभएको थियो।

कार्यक्रममा उपस्थिति  पार्टीका नेताकार्यकर्ता  युवा,विद्यार्थी,विभिन्न राजनितीक दलका प्रतिनिधि लगायत जनसमुदायले एक अर्कालाई सुभकामना आदानप्रदान गरि नेकपा पार्टी पुर्नगठन दिवस मनाएका थिए ।पार्टी कार्यक्रमको नेकपा नवलपरासी जिल्ला कमिटी सदस्य संचालन नेता प्रतापले गरेका थिए।