नेकपा पाल्पाद्वारा पार्टी पुनर्गठन दिवसको अवसरमा तानसेनमा जनसभा  

नेकपा पाल्पाद्वारा पार्टी पुनर्गठन दिवसको अवसरमा तानसेनमा जनसभा  

मुक्ति गैरे, पाल्पा । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति पाल्पाले तानसेनमा जनसभा सम्पन्न गरेको छ । पार्टी पुनर्गठन दिवसको अवसरमा जनसभा गरेको छ ।
जनसभामा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य भेषराज भुसालले शुभकामना मन्तव्य दिदै प्रचण्डहरुले क्रान्तिलाई धोका दिएको कारण नेकपा पुनर्गठन गरी श्रमजीवी सर्वहारा वर्गको राज्यसत्ता वैज्ञानिक समाजवाद स्थापना गर्न एकीकृत जनक्रान्ति संचालन गरिरहेको बताउनुभयो । उहाँले क्रान्तिकारी पंक्तिहरुलाई जनक्रान्तिमा संगठित समेत अपिल गर्नुभयो । 

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा इन्चार्ज धीरेन्द्रा उपाध्याय, नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य विजय बुढा मगर, अखिल(क्रान्तिकारी) केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष लंकबहादुर राना, जनपत्रकार संगठन लुम्बिनी प्रदेश समितिका कोषाध्यक्ष मुक्ति गैरे, नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष गोविन्द्र भट्टराई, नेपाल पत्रकार महासंघका सचिव यज्ञमुर्ति तिमिल्सिना लगायतको उपस्थिति थियो । 

यस्तै कार्यक्रममा मन्तव्य नेकपा केन्द्रीय सदस्य धिरेन्द्रा उपाध्याय, सहिद परिवारका आकाशले राख्नुभएको थियो । स्वागत मन्तव्य जनपरिषद् नेपालका पाल्पा जिल्ला प्रमुख मीनबहादुर आले नेपालले राख्नुभएको थियो भने कार्यक्रम संचालन श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सदस्य तथा पार्टी सचिवालय सदस्य निशान विकले गर्नुभएको थियोे ।