नेकपा गुल्मीले तम्घासमा पार्टी पुनर्गठन दिवस मनायो

मङ्सिर -८ गुल्मी । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटी गुल्मीले बुधबार सदरमुकाम तम्घासमा ८ औं पाटी पुनर्गठन दिवस मनाएको छ । सदरमुकाम तम्घासमा उक्त पाटिले चियापान ,दीप प्रज्वलन तथा शुभकामना आदनप्रदान गरी आठौं पुनर्गठन दिवस मनाएको हो ।

दीप प्रज्वलन तथा शुभकामना आदनप्रदान कार्यक्रममा अखिल नेपाल किसान महासङघका केन्द्रिय सदस्य बिनोद पोख्रेल ,युवा सङ्ठनका मिसन पाण्डे , जनपत्रकार सङ्ठन गुल्मीका अध्यक्ष डिबि खड्का ,श्रमिक समुदाय मोर्चाका चन्द्र विक,विद्यार्थी सङ्ठनका राज खड्का , शिभ भुसाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

शुभकामना मन्तव्य राख्दै अतिथिहरुले पाटिको आगामी कार्यदिशा, पाटिले लिएको एकीकृत जनक्रान्तीको नीति , वैज्ञानिक समाजवादका विषेशताको बारेमा जानकारी गराएका थिए ।

साथै माओवादी केन्द्र तथा अन्य दल सङ मिलेर चुनावमा जाने भन्ने कुरा हल्ला मात्र भएको भन्दै कार्यकर्तालाई भ्रममा नपर्न पाटिले आग्रह समेत गरेको छ । कसैको पाटिलाई ठुलो बनाउन चुनाबमा नजाने पाटिको स्पष्ट नीति रहेको नेकपाका नेताले बताए ।

कार्यबाहक जिल्ला सेक्रेटरी भीषणको अध्यक्षयतामा सम्पन्न चियापान तथा दीप प्रज्वलन कार्यक्रममा युवा सङ्ठनका मिसन पाण्डेको स्वागत मतव्य तथा जिल्ला सदय अर्जुन बिसिको सञ्चालनमा सम्पन्न भएको थियो।