नेकपा पुनर्गठनको अवसरमा नवलपुरमा साहित्यिक कार्यक्रम

नवलपुर/जनपत्रकार संगठन नेपाल नवलपुरले साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको पार्टी पुनर्गठन दिवसको अवसर पारेर जनपत्रकार संगठनले साहित्यिक रचना वाचन कार्यक्रम गरेको हो । कार्यक्रममा कवि तथा साहित्यकारहरले प्रगतिशील रचनाहरु वाचन गरेका थिए ।

कार्यक्रममा साहित्यकार अर्जुन अबिरल ,  श्रीराम स्वरुप , टिका बिक लगाएत श्रष्टाहरुले रचना वाचन गरेका थिए । कावासोती नगरपालिका ३ मा अवस्थित जीवनज्योति माविमा आयोजित कार्यक्रमको अध्यक्षता तथा संचालन जनपत्रकार संगठनका नवलपुर संयोजक भानु चापागाईंले गरेका थिए ।

त्यसै गरी कार्यक्रममा  विशेष समिती सदस्य विश्वासको प्रमुख आतिथ्यता तथा जिल्ला सेक्रेटरी शितल , साहित्यकार अर्जुन अबिरल लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रममा साहित्यकार , विद्यार्थी , शिक्षक तथा अन्य व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।