नेकपा अर्घाखाँचीद्वारा मोटरसाइकल र्‍याली

सन्धिखर्क । नेकपा अर्घाखाँचीले पार्टी पुनर्गठन दिवसको सन्दर्भमा मोटरसाइकल र्याली सम्पन्न गरेको छ । मोटरसाइकल र्याली सन्धिखर्क नगरपालिका वडा न.२, भक्ती टोलबाट सुरु भई गुन्टेखोला, शान्ति बगैंचा, तारामार्ग, हटारीनेटा, सन्धिखर्क नगरपालिकाको प्रगाढ  हुँदै पुनः  नयाँ बसपार्क, रतले बजार, रुब्दी हुँदै भक्तीटोलमा पुगेको थियो । 

मोटरसाइकल जुलुसपछि कोणसभालाई सम्बोधन गर्दै नेकपा जिल्ला सेक्रेटरी खिम घर्तीले एकीकृत जनक्रान्तिमार्फ्त वैज्ञानिक समाजवाद प्राप्तिका लागी जनमत संग्रह उपयुक्त माध्यम भएको भन्दै यसका लागी सबै पक्ष तयार हुनुपर्ने बताउनु भयो । उहाँले जनयुद्धका नायकहरु अहिले खलनायक भएको भन्दै अबको क्रान्तिको नेतृत्व नेकपाले गर्ने बताउनु भयो । 

पार्टी पुनर्गठन दिवसको सन्दर्भमा नेकपाले देशव्यापी उत्सवमय कार्यहरु गरिरहेको छ ।