गुल्मीको सत्यवतीमा महिला भलिबल प्रतियोगिताको उद्घाटन 

प्रदीप राहादी मगर । गुल्मी । गुल्मी जिल्लाको ठूलोलुम्पेकस्थित सय गन्तव्य सूचीमा सूचीकृत गुल्मीको प्रसिद्ध धार्मिक तथा सास्कृतिक सम्पदा एवं पर्यटकीय क्षेत्र सत्यवतीमा एतिहासिक ८८ औं सत्यवती मेला-२०७८ को अवसरमा साकटेक नेपाल र संगम युवा समूहको संयुक्त सहकार्यमा आयोजित खुल्ला महिला तथा गाउँपालिकाको वडा स्तरीय पुरूष भलिबल प्रतियोगिताको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

महिला भलिबल प्रतियोगितातर्फ उद्घाटन खेलको रुपमा न्यु नमुना युवा समूह सत्यवती-४ लिम्घा टिम 'ए' र आयोजक टिम 'बी' बीच प्रतिस्पर्धात्मक खेल संचालन भएको थियो । जसमा न्यु नमुना युवा समूहले आयोजक टिम 'बी' लाई 2-0 को सेटमा पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरेको छ । 

उक्त खेलको उद्घाटन सत्यवती गाउँपालिका वडा न: ३ ठूलोलुम्पेक, गुल्मीका वडा अध्यक्ष रुक बहादुर राना र अन्य अतिथि गणहरूले गरेका थिए । 

उक्त उद्घाटन कार्यक्रको अध्यक्षता संगम युवा समूहका अध्यक्ष गिरी तरामु मगर, प्रमुख अतिथि सत्यवती गाउँपालिका वडा न: ३ ठूलोलुम्पेक गुल्मीका वडा अध्यक्ष रुक बहादुर राना, विशिष्ट अतिथि सत्यवती गाउँपालिकाकी कार्यपालिका सदस्य नरमाया राना मगर र संचालन प्रदीप राहादी मगरले गरेका थिए । 

महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल, पुरस्कार वितरण र विविध सास्कृतिक कार्यक्रमको समापन मङ्सिर ३ गते हुने साकटेक नेपालका अध्यक्ष युवराज तरामु मगरले बताए ।