नेकपा पाल्पाद्धारा रामपुरमा मूल्यवृद्धि विरुद्ध सिठी जुलुस

पाल्पा/नेपाल कम्युनिस्ट पार्टी पाल्पाले नेपाल बन्दको पुर्वसन्ध्यामा रामपुरमा सिठी जुलुस सहित प्रचारप्रसार सम्पन्न गरेको छ । पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध चरणबद्ध संघर्षको क्रममा सोमबार रामपुरमा सिठी जुलुस गरिएको नेकपाका नेता मीनबहादुर आलेले बताए । 

नेकपाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्ध चरणबद्ध संघर्ष गरिरहेको छ । सिठी जुलुसमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध नाराबाजी गरिएको छ ।

नेकपाले देउवा–प्रचण्ड–माधव नेतृत्वको गठबन्धन सरकारले जनताको ढाड सेक्ने गरी इन्धन लगायत अत्यावश्यक खाद्यवस्तुमा चर्को महंगी बढाएको भन्दै कार्तिक ३० गते नेपाल बन्दको आब्हान समेत गरेको छ । नेपाल बन्द सफल पार्न सम्पूर्ण जनसमुदायलाई नेकपा पाल्पाले अपील गरेको छ ।