बाटो बिराएको भरियाको कथा,छट्पटी र निष्कर्ष

-रमेश रावत (क.विक्रान्त)

देशको आंशिक परिवर्तनलाई आमूल परिवर्तन गर्छु भनेर करोडौं करोड जनता ,लाखौं लाख युवा, हजारौं हजार योद्धाको नायक खलनायक भएको कथा तपाई हामी सबैले सुनेकै कथा हो । जस कथाको इतिहास आफै निर्माण गरेर आफैले खाएको छ जसका भुतभोगी तपाई हामी सबै हो । मान्छेको इतिहास अरु कसैले खाइदिदैन , आफ्नो इतिहास आफैले खाएको हुन्छ त्यसपछि उ मानसिक सन्तुलन गुमेजस्तै भएर छट्पटाहटको जिन्दगी गुजार्दाको रमिता अरुले गाइजात्रा हेरे जस्तै मजाकमा उडाउदा कठोर संघर्षको इतिहास निर्माण गरिरहेका योद्धालाई चिन्ताको बिषय बन्नु स्वभाविककै पाटो बन्न आउछ।

एउटा भरियाले सुर्खेतको विरेन्द्रनगर बाट  चामलको बोरा जुम्लासम्म पुगाएर जुम्ली जनतालाई भात खुवाउने सपना बाडेपछी देशका ८०% भूभाग र जनताले उसको लक्षप्रति दृढ र कामलाई प्रसंसा गरिरहेका बेला कालिकोटको मान्मसम्म ल्याएपछि त विश्वमा नै एक किसमको नयाँ तरंग पैदा भएको थियो ।

विडम्बना उक्त भारीलाई उक्त भरियाको लक्ष र उद्धेश्य अनुसार जुम्ली जनताको घरघरमा पुगाउन सक्नु पर्थ्यो । आफू थाकेपछी कि? त अरुलाई पुगाउन लगाउनु पर्थ्यो बोकाउन लगाउनु पर्थ्यो । कि ? त त्यतै यथास्थानमा छोड्नु पर्थ्यो । तर भरियाको त्यो उच्च साहस र मनोबललाई कालिकोटको त्यो भिरको बाटोले बिचलित बनायो त्यो जुम्ली जनतालाई भात खुवाउछु भन्ने सपना कर्णाली नदीमा भरिया दाईले आफै बगाई दियो । सुर्खेतबाट लिएको भारी कालिकोट मान्मसम्म पुगेको भारी भरिया दाईले फेरि फिर्ता गरेर बाँकेको नेपालगन्ज सम्म पुगाएपछी सबै सपनाहरू सितको थोपाजस्तै सावित भए ।

प्रिय पाठकहरु यो सत्यतथ्य लजिक मैले इतिहासका नायक बर्तमान कागजी नायक हाम्रो दृष्टिकोणका परिचित  खलनायकहरुको कथा हो । मार्क्सवाद , लेनिनवाद ,माओवाद हुँदै प्रचण्डपथको विश्व राजनीतिक बजारीकरण गरेका नेपाली जनताको भरीया दाईले माओविचार धारासम्म नमान्ने एमालेक‍ो चाङमुनि छिरेपछि एमालेकै चाङलाई च्याति दिएपछि आज संसदीय दल पार्टी नेकपा एमाले न पोथी न भाले जस्तै भएको कुरा नेपाली बजारमा छताछुल्ल छ भने आफ्नै पार्टीको भबिस्य कतातिर लिने टुङ्गो छैन ।    तपाईका भगवान रुपी खलनायक  दलाल पुजीवादी संसदीय व्यवस्थाको दलदलमा फसेपछी नेपाली काङ्ग्रेससंग घाँटी जोडेपछि प्रिय खलनायकका प्रसंसा गर्ने अवसरवादीहरु हो के स्याललाई रङ्ग्याएर बाघ हुन्छ र ? अह त्यो कदापि हुन सक्दैन ।

प्रिय असफल भरियाका भक्तहरु हाम्रो संदेश छ तपाई आफ्नो व्यक्तिगत स्वार्थ पुर्तिको लागि नेपाली जनतालाई झुटा आश्वासन बाडेर भ्रमित नपार्नु होस् । देश अहिले तपाईले भनेजस्तै सोचेजस्तै अबस्थामा छैन विश्व अहिले चरम संकटमा छ अझै भन्नुपर्दा पुजिवाद अहिले कठिन परिस्थितिमा गुज्रिएको छ । नेपाली जनताको बुझाई मुठ्ठीभर शासकको स्वार्थ परिपुर्ति गर्नको लागि भोटबहादुर र नोटबहादुर बन्ने मनस्थितिमा छैनन् । नेपाली जनतालाई सच्चा देशभक्त क्रान्तिकारी देश र जनताको भविष्यको फैसला गर्ने पार्टी र नेपाली जनताका बास्तबिक नायकको खोजीमा पक्कै छन् । एकफेरी त्यतातिर चर्चा गरौ ।

बर्तमान नेपाल देश र नेपाली जनताको प्रमुख दुश्मनको रुपमा देखा परेको वर्ग दलाल पुजिपति वर्गको प्रतिनिधित्व गर्ने दलाल पुजिवादी पार्टी नेपाली काङ्ग्रेस जसले दलाल पुजीवादी संसदीय व्यवस्थाको संस्थापक उसको उदेश्य आफुले लुटौ र दुनियाँलाई लुटाउ  लाखौंलाई दास बनाएर एक जनाको बास गर्ने पार्टी र जसका नेता कार्यकर्ताको राजनीति भविष्यमा पर्दछ भने त्यहाँ भित्रका इमानदारले अब सोच्नै पर्ने वर्तमान स्थिति देखिन्छ अब ढिला गर्नु हुदैन ।

अर्को नेकपा एमाले जुन कम्युनिष्ट पार्टी नै हैन जसका कुरा गर्नै छैन आफै फुट दुनियाँलाई हसाअैा र हासौ मदन भण्डारीको जबजलाई लिलाम बनाएर अस्तित्व नामेट पारेको देखिन्छ त्यो रमिता तपाई हामीमा छर्लङ्ग देखिन्छ आश छैन भर पनि पर्नु हुदैन भने उक्त पार्टीबाट चोइटिएका पुजीवादीका फन्दामा नपरेर अब देश र जनताको अग्रभावलाई सम्प्रेषण गर्ने हेतुले इमानदार नेता कार्यकर्ताले सोच्नै पर्छ ।

अर्को नेकपा माओवादी केन्द्र जसको कथा मैले सुनाइ सके अहिले उक्त पुजीवादी खोल ओडेका संसदीय दलका प्रमुख नेतृत्वलाई नै आफ्नो अस्तित्व लिलाम हुने परिस्थितिले एकीकृत जनक्रान्ति नामक भुतले सताई रहेको छ । उसको अस्तित्व जोगाउनको लागि दुनियाँ लाई भ्रमित पारेर हैन झुट बोलेर हैन चुनौती मलेर बिगतका गल्तिलाई सच्याएर संसदीय गुनिउँबाट बाहिर निस्किन सक्नुपर्छ । रिस डाहा गरेर आग्रह पुर्वाग्रह भएर आफ्नो इतिहास आफैले खानु हो यसभित्रका इमानदार नेता कार्यकर्ताले आफ्नो लगानीको आफ्नो इमानदारीताको कदर र जगेर्ना हुनेगरी देश र जनताको पक्षमा सोच्नै पर्छ । भने सबै पार्टीका नेतृत्व पंक्तिले एकफेरी वैकल्पिक व्यवस्थाको बारेमा अझै भन्नुपर्दा जनताको रोजाइ बैज्ञानिक समाजवादी व्यवस्थाको बारेमा सोच्नै पर्छ ।

अबको राजनीति निष्कर्ष भनेको जनमतसंग्रहद्वारा बैज्ञानिक समाजवादी व्यवस्थालाई चुनेर देशमा बैज्ञानिक समाजवादको झण्डा फरफराउनु हो । जनयुद्धले तह नलगाउन सकेको संसदीय व्यवस्था र भरिया दाईले पुगाउन नसकेको भारीलाई सजिलैसँग नयाँ प्रविधिद्वारा एकिकृत जनक्रान्तिको कार्यदिशाबाट निचोड निकालिएको जनताले मुठ्ठीभर शासकलाई नभएर आफ्नो देश र भविष्यको फैसला गर्ने एजेन्डा प्रगतिशील संयुक्त सरकार र जनमतसंग्रहद्वारा बैज्ञानिक समाजवाद जसको फैसला गर्ने अधिकार तपाई हाम्रो काथमा आएको छ । हामीलाई पुर्ण विश्वास छ कि? हाम्रो जित सुनिश्चित छ दलाल पुजीवादी संसदीय व्यवस्थालाई सधैको लागि चिहानमा लगेर चितामा जलाउने जिम्मा तपाई हामीमा छ ।

वर्तमान देशको संकट भनेको संसदीय व्यवस्था हो देश संकटग्रस्त हुनु कुनै निकास नआउनु भुमरीमा फस्नु यसको उपज हो । जसको तरंगले भरिया दाईको कागजी नायकको होस हराम हुनु छट्पटीबाट थाहा हुन्छ । अबको वैकल्पिक शक्ति नेपाल कम्युनिष्ट पार्टी हो जसको नेतृत्व कमरेड विप्लवले गर्नुभएको छ । जो वर्तमान राजनीति संकटको निकाशको रुपमा वैकल्पिक शक्ति र बैज्ञानिक समाजवादी व्यवस्थाको संस्थापक बनिहाल्छ कि भन्ने चिन्ताले भरिया दाईले चिन्तन गर्न छोड्नु भएको छ बरु चिन्तक हुनु पर्ने ठाउँमा सर्वहारा श्रमजीवी ,उत्पीडित जनताको प्रतिनिधित्व गरिसके के गर्ने होला कसरी जनताबाट अलग्याउने होला भनेर सौताबाजी गर्नु संग के नेपाल देश र नेपाली जनताको भविष्य जोडिएको छ ।

संसदीय व्यवस्था र कम्युनिष्ट पार्टी भनेको गाई र गधाजस्तै हो असम्भव भरिया दाई हाम्रो पार्टी र नेतृत्वले कालिकोटको भिरको बाटो हैन चट्टान नै चट्टानको बाटो किन नह‍ोस् पार गरेर बैज्ञानिक ढंगले जुम्लामा मार्सि धानबाट फलाएर मार्सि चामलको भात खुवाउने सपना जिउदै छन् यो सपना भरिया दाईले बोकेको बैदेशिक कुइएको चामलको भारीजस्तो नसोचियोस् समय परिस्थिति फरक ठाउँमा छ र हामी फरक गर्दै छौ । हामी फरक यात्रामा छौ ।

२१ कार्तिक २०८७             

विक्रान्त, अखिल (क्रान्तिकारी ) केन्द्रीय सदस्य तथा जुम्ला जिल्ला "इन्चार्ज"