बीरजंग, तिमीलाई रातो सलाम !


कुशल बोगटी

हाम्रो आस्थाको धरोहर 
हाम्रो विचारको सतिसाल 
हामीलाई गयो छाडेर आज 
तर भनेर गयो झुक्दै नझुक 

पछ्याई रहन्छौ हामी तिम्रो आदर्श
हिँडिरहन्छौ हामी साम्यवादी वाटो
विर्सिनौं हामी तिम्रो सादगीपन 
लक्ष्यमा पुग्ने संकल्प तिम्रो 

एकदिन त मर्नु सवैले छ, तिमी अमर भयौ
जुगौं जुग वाँच्ने सिद्धान्त तिम्रो बचाएर गयौ 
जनताले सधै मुक्तिको वाटो हिँडिरहने छन् 
बीरजंग, तिमीलाई लाल सलाम, रातो सलाम !!