गीत : हामी बाचा गर्छौं -तिम्रो बाटो हिँडिरहन्छौं !

हेर ! तिम्रो सपनाको गरुँगो भारी बोकीसकेका छौँ

गीत : हामी बाचा गर्छौं -तिम्रो बाटो हिँडिरहन्छौं !

गीत
हामी बाचा गर्छौं तिम्रो नै बाटो हिँडिरहन्छौं
हाम्रो संकल्प भो तिमीलाई तिम्रै पाइला पछ्याइरहन्छौं
हामी धोका दिदैनौँ जनतालाई 
हामी कहिल्यै भुल्दैनौं सहिदलाई
हामी सधैं फहराइरहन्छौँ
यो मालेमावादी झण्डालाई

यो रात रहेसम्म लड्नेछौँ 
हामी निरन्तर लड्नेछौँ
मेटाउन जनताको दूरदीन 
जनवैरी सँग भिड्नेछौँ
रगतका थोपा–थोपाले लेख्नेछौँ नयाँ इतिहास 
सत्यले जित्छ अवश्य असत्यको हुन्छ सर्वनास

यो शोकलाई शक्तिमा बदलेर हामी उठिसकेका छौँ
यो आँसुलाई आगोमा फेरेर हामी जुटिसकेका छौँ
हेर ! तिम्रो सपनाको गरुँगो भारी बोकीसकेका छौँ
हो, कमरेड हामीले पनि त्यही यात्रा रोजिसकेका छौँ ।

(एकीकृत जनक्रान्तिको गरुँगो भारी छोडेर बिदा हुनुभएका कमरेड वीरजंगको स्मृतिमा लेखिएको संकल्प गीत)

कपिलवस्तु शिवगढी