“जैविक विविधताले पृथ्वीलाई जीवन्त र ऊर्जावान बनाएको छ”

सी चिनफिङले दिनुभएको मन्तव्यको नेपाली अनुवाद

“जैविक विविधताले पृथ्वीलाई जीवन्त र ऊर्जावान बनाएको छ”

(चीनको कुनमिङ सहरमा अक्टोबर १२ बाट सुरू भएको जैविक विविधताको महासन्धिका सम्बद्ध पक्षहरूको पन्ध्रौँ बैठकमा चीनका राष्ट्रपति सी चिनफिङले दिनुभएको मन्तव्यको नेपाली अनुवाद)
प्रिय मित्रहरू,
महिला तथा सज्जनवृन्द !
सन्ध्याकालीन अभिवादन !
जैविक विविधताको महासन्धिका सम्बद्ध पक्षहरूको सम्मेलनको पन्धौँ बैठकमा सहभागीहरूसँग कुनमिङमा भर्चुअल माध्यमबाट भेट्न पाउँदा मलाई निकै खुसी लागेको छ । चीन सरकार र चिनियाँ जनताका साथै मेरो व्यक्तिगततर्फबाट पनि म सबै विशिष्ट पाहुनाहरूलाई न्यानो स्वागत गर्दछु ।
चिनियाँ भाषामा एउटा भनाइ छ, ‘सद्भावका साथ बाँच्ने र प्रकृतिबाट पोषण पाउने सबै प्राणीको फलिफाप हुन्छ ।’ जैविक विविधताले पृथ्वीलाई पूर्णरूपमा जीवन्त र ऊर्जावान बनाएको छ । जैविक विविधताले मानव जीवन र विकासको जग बसालेको छ । जैविक विविधताको संरक्षणले हाम्रो साझा घर पृथ्वीको संरक्षण गर्न मद्दत गरेको छ । साथै, मानव समुदायको दिगो विकासमा त्यसले योगदान पु¥याउँछ ।
‘पर्यावरणीय सभ्यताः पृथ्वीमा सबै प्राणीको साझा भविष्य निर्माण’ भन्ने मूल नाराका साथ कुनमिङमा भइरहेको सम्मेलनको विशेष महत्व छ । यो सम्मेलनले सन् २०२० को विश्वव्यापी जैविक विविधता ढाँचा बनेयता महत्वपूर्ण निर्णय र निष्कर्ष निकाल्न टेवा पु¥याउनेछ । भविष्यमा विश्वव्यापी जैविक विविधता संरक्षणको लागि लक्ष्य र बाटा निर्धारणको निम्ति यसले मद्दत गर्नेछ । यस सन्दर्भमा अन्तर्राष्ट्रिय समुदायले सहकार्यलाई प्रवद्र्धन गर्नुपर्छ, आपसी सहमति निर्माण गर्नुपर्छ र पृथ्वीलाई सबै प्राणीको साझा बनाउन शक्ति सञ्चय गर्नुपर्छ ।
मानिस र प्रकृति सद्भावपूर्वक सहअस्तित्वमा बाँच्नुपर्छ । हामीले प्रकृतिको संरक्षण गरे प्रकृतिले सहृदयतापूर्वक हामीलाई पुरस्कृत गर्नेछ । हामीले प्रकृतिको निर्मम दोहन गरे, उसले पनि हामीलाई निर्दयतापूर्वक सजाय गर्नेछ । हामीले प्रकृतिको उच्च सम्मान गर्नुपर्छ, प्रकृतिको आदर गर्नुपर्छ । प्राकृतिक नियमको पालना गर्नुपर्छ र प्रकृतिको रक्षा गर्नुपर्छ । त्यसो गर्दामात्र हामी मानिस र प्रकृतिबीच सद्भावपूर्वक सहअस्तित्व भएको घर बनाउन सक्छौँ ।
हरित पहाडहरू सुनौला पहाड र चाँदीका पहाडहरू हुन् । चुस्त पर्यावरण र वातावरण मात्र प्राकृतिक सम्पत्ति होइन, बरू आर्थिक सम्पदा पनि हुन् । तिनले आर्थिक र सामाजिक विकासको क्षमता तथा गतिलाई पनि प्रभावित बनाउने गर्छ । हामीले हरित शैलीको विकास प्रवद्र्धन गर्न हाम्रा प्रयासलाई तीव्र बनाउनुपर्छ । अनि, सबै पक्षको जीत हुने आर्थिक विकास र वातावरणीय संरक्षण गर्नुपर्छ । त्यसो गर्दामात्र हामी अर्थतन्त्र र वातावरणको समन्वयात्मक विकास गर्नसक्छौँ ।
कोभिड–१९ महामारीले विश्वव्यापी विकासमाथि छाया पारेको छ । त्यसले संयुक्त राष्ट्र सङ्घीय २०३० को दिगो विकासको मुद्दामाथि चुनौती थपेको छ । आर्थिक पुनस्र्थापना र वातावरणीय संरक्षणको दोहोरो जिम्मेवारी सामना गर्दै विकासशील देशहरूलाई सबै खालका मद्दत र समर्थनको थप खाँचो परेको छ । हामीले प्रतिकूलता चिर्न ऐक्यबद्धतालाई बलियो बनाउनुपरेको छ । विकासका फल र स्वस्थ वातावरणबाट सबै देशले थप र न्यायपूर्ण तरिकाबाट लाभ उठाउन सक्ने परिस्थिति बनाउन जरूरी छ । त्यसबाट हामीले सबै देशको साझा विकासको बाटो खोल्न सक्छौँ ।
हामी आज चुनौतीका पहाड र आशाका किरण दुवै सम्मिलित युगमा बाँचेका छौँ । हामीले सुझबुझपूर्वक काम गर्दासम्म हाम्रो उज्यालो भविष्य क्षितिजमा देखापर्छ । हाम्रो साझा भविष्यको लागि हामी हातमा हात मिलाएर हिँड्नुपर्छ र मानव समुदायको लागि उच्च गुणस्तरीय विकासको नयाँ यात्रा थालनी गर्नुपर्छ ।
प्रथमतः हामीले पर्यावरणीय सभ्यताको विकासलाई मानिस र प्रकृतिबीच समन्वयको लागि हाम्रो निर्देशकको रूपमा लिनुपर्छ । हामीले औद्योगिक सभ्यताले निम्त्याएको समस्या समाधान गर्नुपर्छ । पर्यावरण र वातावरणको परिधिभित्र मानिसको गतिविधिलाई सीमित राख्नुपर्छ । पहाड, नदी, जङ्गल, जमिन, ताल, घाँसेमैदान र मरूभूमिको समग्रतामा संरक्षण र व्यवस्थापन गर्नुपर्छ ।
दोस्रो, विश्वव्यापी दिगो विकासको लागि हाम्रा प्रयासलाई अघि बढाउन हामी हरित सङ्क्रमणबाट निर्देशित गर्नुपर्छ । हामीले हरित वातावरण, न्यून कार्बन र गतिशील आर्थिक प्रणालीको विकास गर्नुपर्छ । पर्यावरणीय शक्तिलाई विकासको शक्तिमा रूपान्तरण गर्नुपर्छ । हरित पहाड र सफा पानीले दिनसक्ने लाभ हामीले लिन सक्नुपर्छ । हामीले हरित अन्तर्राष्ट्रिय सहकार्यतर्फ पाइला अघि बढाउनुपर्छ र सबै देशले हरित विकासका फल बाँडचुँड गर्नुपर्छ ।
तेस्रो, हामीले सामाजिक समता र न्यायलाई प्रवद्र्धन गरेर मानिसको भलाइमा आफूलाई केन्द्रित गर्नुपर्छ । उत्तम जीवन, वातावरण संरक्षणमा सबैको हित हुने परिणामको अपेक्षा, आर्थिक विकास, रोजगारी सिर्जना, गरिबी निवारण र अन्य उपलब्धिका निम्ति जनताको भावनालाई मनमा राख्नुपर्छ । साथै, सबै देशका जनताको परिपूर्णता, खुसी र सुरक्षा बढाउनुपर्छ ।
चौथोँ, हामीले अन्तर्राष्ट्रिय कानुनलाई न्यायपूर्ण र समतामूलक अन्तर्राष्ट्रिय सुशासन प्रणालीको आधार बनाउनुपर्छ । हामीले खास बहुपक्षतावादको अभ्यास गर्नुपर्छ । अन्तर्राष्ट्रिय कानुनको सम्मान र पालना गर्नुपर्छ । कसैको इच्छाकै भरमा अन्तर्राष्ट्रिय कानुनको दुरूपयोग वा उपेक्षा गर्न मिल्दैन । हामीले तय गरेका वातावरण संरक्षणसम्बन्धी लक्ष्य एकातिर महत्वाकाङ्क्षी हुनुपर्छ र अर्कोतिर गतिशील तथा सन्तुलित हुनुपर्छ । जसले विश्वव्यापी वातावरणीय प्रणाली न्यायपूर्ण र थप समतामूलक बनाउनेछ ।
मित्रहरू,
पर्यावरणीय सभ्यताको विकासमा चीनले उल्लेखनीय प्रगति हासिल गरिसकेको छ । हालसालै दक्षिणपश्चिम चीनको युनान प्रान्तका एक बथान हात्तीको उत्तरतिरको यात्रा र पुनरागमनको घटनाले जङ्गली जनावर संरक्षणको निम्ति हामीले गरिरहेका प्रयास प्रस्ट झल्काएको छ । चीनले पर्यावरणीय प्रगतिलाई अघि बढाइरहनेछ । सबैको खोजमूलक, समन्वयात्मक, हरित र खुला विकास तथा सुन्दर चीन निर्माणमा जोड दिँदै विकासको नयाँ दर्शन कार्यान्वयनमा चीन कटिबद्ध छ ।
आजको यही मौकामा म चीनले कुनमिङ जैविक विविधता कोष स्थापनाको घोषणा गर्न चाहन्छु । सो कोषअन्तर्गत विकासशील देशहरूका जैविक विविधता संरक्षणमा समर्थन जुटाउन १ अर्ब ५० करोड आरएमबीको लगानीमार्फत यो प्रयासको थालनी गर्न चाहन्छ । सो कोषमा आ–आफ्नो तर्फबाट योगदानको निम्ति चीन सबै पक्षसमक्ष आह्वान गर्दछ ।
जैविक विविधता संरक्षण बलियो बनाउन चीनले राष्ट्रिय निकुञ्जहरूलाई मूल आधार बनाएर संरक्षित क्षेत्र प्रणाली स्थापनामा तीव्रता दिइरहेको छ । यस क्रममा प्राकृतिक पर्या–पर्यावरणको निम्ति ठूलो महत्व भएका क्षेत्र, विशिष्ट प्राकृतिक भूबनोट भएका ठाउँ, सबभन्दा अमूल्य प्राकृतिक सम्पदा र सबभन्दा विशाल जैविक विविधताको भण्डारलाई राष्ट्रिय निकुञ्जभित्र समावेश गरिनेछ । चीनले औपचारिकरूपमा राष्ट्रिय निकुञ्जको पहिलो समूह घोषणा गरिसकेको छ । त्यसअन्तर्गत तीन नदी स्रोत राष्ट्रिय निकुञ्ज, जाइन्ट पान्डा राष्ट्रिय निकुञ्ज, उत्तरपूर्वी चीन बाघ र चितुवा राष्ट्रिय निकुञ्ज, हैनान उष्णीय जङ्गल राष्ट्रिय निकुञ्ज र उइशान राष्ट्रिय निकुञ्ज आदि छन् । संरक्षित क्षेत्रको कुल क्षेत्रफल २ लाख ३० हजार वर्ग किलोमिटर छ । ती निकुञ्जमा चीनमा पाइने स्थलीय जङ्गली प्राणीमध्ये झन्डै ३० प्रतिशतको बसोबास छ । यसैबीच स्थलगत र अन्तरस्थलीय संरक्षणबीच सन्तुलन कायम गर्नुपर्ने सिद्धान्तमा आधारित भएर काम गर्ने क्रममा चीनले पेइचिङ र क्वानचाओमा राष्ट्रिय जैविक उद्यान बनाउन थालेको छ ।
कार्बन उचाइ (कार्बन पिक) र सन्तुलन (न्युट्रालिटी) को लक्ष्य हासिल गर्न चीनले विभिन्न प्रमुख क्षेत्रमा कार्बन डाइअक्साइड उत्सर्जन उचाइ पु¥याउनेका साथै त्यसलाई टेवा दिने विभिन्न योजना कार्यान्वयनमा ल्याउनेछ । कार्बन उचाइ र कार्बन सन्तुलनको निम्ति चीनले ‘१ प्लस एन’ नीतिगत ढाँचा कार्यान्वयनमा ल्याउनेछ । चीनले आफ्नो औद्योगिक संरचना र ऊर्जा मिश्रणको पुनःसमायोजनलाई निरन्तरता दिनेछ । चीनले नवीकरणीय ऊर्जाको विकासमा विशेष महत्व दिनेछ । बलौटे, पत्थरयुक्त र मरूभूमिमा वायु ऊर्जा र प्रकाश ऊर्जाको लागि आधार बनाउन तीव्रगतिमा काम गर्ने चीनले योजना बनाइरहेको छ । पहिलो चरणको परियोजनाअन्तर्गत झन्डै १० करोड किलोवाट क्षमताको परियोजना स्थापना गर्ने काम दु्रतगतिमा भइरहेको छ ।
मित्रहरू,
यदि हामीले यो प्रकृतिलाई असफल नबनाए प्रकृतिले हामीलाई असफल बनाउनेछैन । पर्यावरणीय सभ्यताले मानिसको सभ्यताको विकासको प्रवाहको प्रतिनिधित्व गर्छ । हामी हातमा हात मिलाएर पर्यावरणीय सभ्यताको दर्शनलाई पछ्याऔँ र भावी पुस्तालाई हाम्रो जिम्मेवारी हस्तान्तरण गरौँ । पृथ्वीलाई सबै प्राणलीको समुदाय र हामी सबैको लागि सफा र सुन्दर विश्व बनाउन साझा प्रयास अघि बढाऔँ ।
स्रोतः सिन्ह्वा
नेपाली अनुवादः सुमन