माछापुच्छ्रे युवा क्लबद्वारा ठूलो लुम्पेकमा भलिबल प्रतियोगिता, पर्वतले जित्यो प्रथम पुरस्कार

माछापुच्छ्रे युवा क्लबद्वारा ठूलो लुम्पेकमा भलिबल प्रतियोगिता, पर्वतले जित्यो प्रथम पुरस्कार


ठूलो लुम्पेक । दशैको अवसरमा गुल्मीको सत्यवती गाउँपालिका वडा नं ३ ठूलो लुम्पेक बुझुङमा मैत्रीपूर्ण महिला/पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता तथा विविध सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । 

माछापुच्छ्रे युवा क्लबले आयोजना गरेको भलिबल प्रतियोगितामा पुरुष तर्फ विजेता शितलचौपारी युवा समूह (पर्वत) ले प्राप्त गरेको छ । शितलचौपारीले बिजय प्राप्त गरेपछी पुरस्कार स्वरूप रु. चालीस हजार, ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्रेको छ । 

त्यस्तै उपविजेता एभरेष्ट युथ क्लब (बागलुङ) ले प्राप्त गरेको छ । एभरेस्टले रु. पच्चीस हजार, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

त्यस्तै महिला तर्फको भलिबल प्रतियोगितामा विजेता दभौखानी (कालीगण्डकी)  भएको छ । दभौखानीले रु. बीस हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

उपबिजेताको रूपमा लाफा (बुटवल) ले रु. दस हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

प्रतियोगितामा सँगसँगै क्लवले विविध सास्कृतिक कार्यक्रम तथा स्थानीय कलाकारहरुद्वारा गीत, नृत्य प्रस्तुत गरिएको थियो ।