युवा संगठन नेपाल लुम्बिनी ब्यूरोद्वारा ओलिप्रती श्रद्धाञ्जली

कपिलवस्तु । युवा संगठन नेपाल लुम्बिनी ब्युरोले संगठनका कपिलवस्तु पूर्व अध्यक्ष बादलको निधनप्रति श्रद्धाञ्जली ब्यक्त गरेको छ । संगठनका ब्यूरो इन्चार्ज बिश्लेसणले एक बक्तब्य जारी गर्दै संगठनका कपिलवस्तु जिल्ला पूर्व अध्यक्ष बादलकी आमा तुलसी सेन ओलिको असोज २२ गते भएको असामयिक निधन दुखद भएको भन्दै आमा ओलिप्रती श्रद्धाञ्जली ब्यक्त गरेका हुन् । बक्तब्यमा बादललगायत परिवारजनमा गहिरो समबेदना ब्यक्त गरेका छन् । यस अघि नेकपा कपिलवस्तुले बक्तब्य जारी गरि श्रद्धाञ्जली ब्यक्त गरेको थियो ।