धर्मबारे मार्क्सवादी दृष्टिकोण

मार्क्सले धर्मलाई ‘अफीम’ घोषित गर्नुसिवाय केही पनि भनेका छैनन् ।

धर्मबारे मार्क्सवादी दृष्टिकोण

भूमिका
आधुनिक युगलाई छाडेर पहिलेका तमाम युगहरूमा धर्म सबै ज्ञान–विज्ञानको स्रोत र नियन्ता मानिथ्यो । मानव–समाज भिन्न–भिन्न अवस्थाबाट पार भएर साधारणबाट जटिल, स्थूलबाट सूक्ष्म हुँदै गएजस्तै धर्म पनि देश कालअनुसार विभिन्न अवस्थाहरूबाट पार हुँदै साधारणबाट जटिल र स्थूलबाट सूक्ष्म हुँदै गयो । वर्तमान आधुनिक प्रगतिबाट धेरै टाढा रहेका आदिम जातिहरूको अध्ययन गरेर अधिकांश नृतत्वशास्त्रीहरूले अनुमान लगाएका छन् कि प्रारम्भिक अवस्थामा धर्म जादूको (कम्परेटिभ रिलिजन, ६२) रूपमा रहेको हुनुपर्छ । अन्धकार युगको रूपमा प्रसिद्ध मध्य युगमा यो सबभन्दा स्पष्ट, मुखर र प्रभावशाली रह्यो ।

विश्व र मानव जातिका समस्या र प्रश्नहरूको धर्मले (इसूज इन रिलिजन, ९६) विशेष प्रकारले समाधान प्रस्तुत गर्दछ । हुन त धर्महरू पनि अनेक छन्, तिनीहरूको विश्वास र कर्मकाण्ड पनि फरकफरक लाग्दछन् तर सबै धर्ममा प्रचलित विश्वास र मान्यताहरूमा केही न केही सामान्य तत्व (ग्लिम्पसेज अफ वल्र्ड रिलिजन्स, १६) निहित छन् । यो त सामान्यरूपमा देखिने कुरा भयो । तिनीहरूले इन्द्रिय र बुद्धिबाट अलग्ग रहेको सत्ताको ज्ञान उपलब्ध गराउने दाबा गर्दछन् । प्रत्येक धर्मले तर्कको ठाउँमा विश्वासमा जोड दिन्छ । आरम्भिक बौद्ध धर्मलाई छाडेर प्रायः सबै धर्मले यस्तै सचेतन सत्तालाई जगत र जीवनको मूल स्रोत मान्दछन्, जुन परम शुभ, दिव्य र सार्वभौम छ । यो जगतबाट टाढा कुनै सुन्दर, आनन्दमय स्थान छ भन्ने धारणा सबै धर्ममा पाइन्छ । धर्मलाई आनन्द, श्रेष्ठता र मुक्तिको साधन पनि मानिएको छ ।

धर्म यसै संसारको मानव समाजमा देखिँदै आएको छ, तर धर्मका आँखाबाट हेर्दा यो संसार र मानव समाज निम्नकोटिका देखिन्छन् । त्यसले मानवलाई परगामी सत्ता र जगत्सित परिचित गराउँछ, त्यसको सम्पर्कमा ल्याउँछ तथा जगतमा खास ढफ्को समाज व्यवस्थामा हुर्किएर तिनीहरूलाई बलियो पनि बनाउँछ । यहुदी र सिन्तोजस्ता धर्महरू पनि छन् । जुन कुनै न कुनै राष्ट्रको (दि ग्रेट रिलिजन्स अफ दि मोडर्न वल्र्ड, २२४,१४१) निजी र विशिष्ट अभिव्यक्तिका अतिरिक्त अरू केही लाग्दैनन् । सामन्ती व्यवस्थालाई धर्मले पूरापूर संरक्षण गरेको हो । यद्यपि त्यसका विरुद्ध सङ्घर्षको भावनात्मक अभिव्यक्ति पनि सर्वप्रथम धर्मका रूपमा नै भएको थियो ।

धर्मका आधारमा जाति र राष्ट्र सङ्गठित (साउथ एसियन पोलिटिक्स एन्ड रिलिजन, ४६) भएका छन् । कुनै धर्म राष्ट्रको सीमाभन्दा बाहिर पनि छन् । यिनबाट प्रेरित भएर मान्छेले आत्मत्याग पनि गरेका छन् र युद्ध पनि गरेका छन् । इतिहास साक्षी छ, ठूला–ठूला चिन्तक र विचारकहरूले आफ्नो समयमा प्रचलित धर्म र व्यवस्थाका विरुद्ध क्रान्तिकारी आन्दोलन चलाएका थिए । तिनीहरूले नयाँ धर्म र व्यवस्थाको स्थापनाको निम्ति नयाँ प्रेरणा पनि दिएका थिए । धर्मको नाममा जनविद्रोहलाई पनि सजिलै गरी दमन गरिएको थियो । सुकरातलाई प्रतिष्ठापित देवताहरूको विरोध गरेको आरोपमा विष पिलाइएको थियो र इसाई धर्मका जन्मदाता ‘क्राइष्ट’ लाई सुलीमा झुन्ड्याइएको थियो ।

फेरि पनि सबै धर्मले एक स्वरमा मान्छेलाई उसको साधारण र सङ्कटग्रस्त स्थितिबाट माथि उठाउने दाबा गर्दछन् । धर्मले भन्छ, मान्छेले आफूलाई कर्मकाण्ड र विश्वासप्रति पूर्णरूपमा समर्पण (महाभारत द्वि.सं.३४४, सर्वधर्मान् परित्यज्य मामेक’ शरण ब्रज, अहं त्वां सर्वपापेभ्यो, मोक्षयिष्यामि मा शुच :।) गरिदिनुपर्छ । जसलाई विशिष्ट धर्मको भिन्न मान्यता प्राप्त छ । त्यसका अतिरिक्त मान्छेको मुक्तिको कुनै बाटो छैन, धर्मका आदेशहरूले उसलाई अत्यधिक प्रभावित गर्दै आएका छन् । समाजमा धार्मिक संस्थाहरू सबभन्दा बढी आदर र श्रद्धाका विषय बनेका छन् । मान्छेलाई साँच्ची नै सङ्कटापन्न पतित अवस्थाबाट माथि उठ्ने उपाय भनेको धर्ममा नै देखिन्थ्यो ।
वृक्ष, पशु, पर्वत र मनुष्य तथा व्यक्तित्वरहित शक्ति–धर्मद्वारा प्रस्तुत पारगामी सत्ताले यी अनेक रूपहरू (दि ग्रेट रिलिजन्स अफ दि मोडर्न वल्र्ड, १४९) ग्रहण गरेका छन् । कुनै समयमा त्यो सत्ता समग्र जगत्को प्रक्रियामा निहित सञ्चालक शक्तिको काम गर्दछ, कहिले संसारको बाहिरबाट त्यसको नियमनमात्र गर्दछ । कतै मनुष्य मौलिक अपराधबाट ग्रस्त मानिन्छ, धर्मोपदेशक ईश्वरका वाणीको धर्तीमा प्रचार गर्नका लागि आउँछन्, कतै मनुष्यमा दिव्यता स्वभावतः विद्यमान मानिन्छ ।

व्यक्ति प्राकृतिक सङ्कट र सामाजिक अन्तरविरोधहरूद्वारा घेरिएको छ । त्यो निरन्तर पतन र पीडाको स्थितिमा रहन्छ । यसको कारण के हो ? बुद्ध भन्छन्, दुःख र पतनको मूलमा अविद्या (बुद्धिज्म : दि मार्क्ससस्ट एप्रोच, ३१) र तृष्णाले काम गर्दछ । पश्चिमा धर्महरूका मतमा दुरात्मा (शैतान) ले आदमलाई ईश्वरीय नियमहरूको उल्लङ्घन गर्न प्रेरित गरेको थियो, उसले शैतानको वशमा परेर यस्तो खराब काम ग¥यो, जसले गर्दा सबै स्वर्गबाट तल खसे । त्यहाँदेखि समस्त मानव जाति पतनको ‘(कम्परेटिभ रिलिजन, २२०) खाडलमा भास्सिइरहेको छ ।

मानव अस्तित्वको क्रिया–प्रतिक्रियाको प्राथमिक परिणाम र व्यवहार संवेगहरूमा हुन्छ । त्यसपछि मात्र विचारको जन्म हुन्छ । तिनीहरूको कार्य, अस्तित्व र त्यसका परिस्थितिहरूका नियमलाई बुझेर सफल व्यवहारलाई निर्देशित गर्नु हो । अस्तित्वका समस्याहरू एवम् प्रश्नहरूको भावना अनि विश्वासद्वारा हल गर्ने कारण धर्म संवेगात्मक उद्वेलनमा सफल हुन्छ ।

समाजवादी समाजमा धर्म अल्पसङ्ख्यक वृद्धवृद्धाहरूको आस्थाको विषयमात्रै बनेको हुन्छ । तर, यसभन्दा पहिलेका सबै समाजमा यो कुनै न कुनै रूपमा मान्य थियो । यसले मानवीय गुणहरू जस्तै भ्रातृत्व, करुणा, दया, प्रेम आदिको प्रचार गर्दछ साथै व्यवस्थित भएपछि माथिल्लो वर्गको मिर्थन गर्न थाल्दछ । यी अन्तरविरोधी कुराहरूमा प्राचीन कालदेखि अनेक विचारकहरूले आफ्नो तरिकाले प्रहार गरेका छन् । संसारबाट विरुक्त भएपछि भौतिक देहबाट मुक्ति पाउने धारणा यो संसारमा भ्रातृत्व र प्रेम विस्तार गर्ने धारणासँग स्पष्टतः मेल खाँदैन । त्यसैगरी ईश्वरको दृष्टिमा सबैको समानताको धारणा तथा जाति, राष्ट्र र वर्गका दायराहरूलाई स्वीकृति दिने धारणामा स्पष्ट विरोध छ । बुद्धले वैदिक कर्मकाण्डहरूमा निहित हिंसाको जबर्जस्त विरोध गरेका थिए । उनीभन्दा पहिले ‘चार्वाक’ (चार्वाक दर्शन– अग्निहोत्र, त्रयीतन्त्र भस्मपुण्ड्रकम् प्रज्ञा पौरुषम् निःस्वानानाम् जीवो जल्पति जीविकाः ।) ले कर्मकाण्डहरूको खुलेर खिल्ली उडाएका थिए र भौतिकवादी विचारधाराको प्रचार गरेका थिए । एकजना ग्रीक दार्शनिकका मतमा देवी–देवता मनुष्यकै प्रक्षेपित प्रतीक हुन् ।

यसरी धार्मिक मान्यताहरू र कर्मकाण्डहरूप्रति स्वीकृति र निषेधका दृष्टिकोण सधैँ रहेका छन् । पहिले निषेधहरूमा स्वीकृृति हावी रह्यो । युरोपमा पुनःजागरणकाल (धर्मः कार्लमार्क्स और फेडरिक एँगेल्स, १२७) यसबारेमा सर्वाधिक निर्णायक मानिन्छ । त्यो समय त्यहाँ प्रचलित क्याथोलिक चर्चा कट्टर सामन्ती व्यवस्थाको अफ् बनिसकेको थियो । सामन्ती व्यवस्थाका साथै क्याथोलिक चर्चलाई पनि विभिन्न कोणबाट चुनौतीको सामना गर्नुपर्ने परिस्थितिको सुरुआत भएको थियो । नयाँ वैज्ञानिक आविष्कारहरूले धर्मका प्रचलित मान्यताहरूमा गम्भीर प्रहार गरेका थिए । धर्ममाथिको प्रहारले ती सामाजिक शक्तिहरूलाई प्रोत्साहित ग¥यो, जो सामन्तवादको गर्भमा उत्पन्न भइरहेका थिए । धर्म र तत्कालीन व्यवस्थाका बीच एउटा यस्तो हिंसक तालमेल थियो कि नयाँ विचारको प्रचार गर्ने वैज्ञानिकहरू, दार्शनिकहरूलाई भयानक दमन र उत्पीडनको सामना गर्नुप¥यो ।

यसैबीचमा देकार्त (१५९६–१६५०), हब्स (१५८८–१६७९), रुसो (१७१२–१७७८) जस्ता प्रख्यात दार्शनिकहरू र समाजशास्त्रीहरूका विचारधारहरू प्रकाशमा आए । यी दार्शनिकहरू र समाजशास्त्रीले विश्व र मानव समाजका समस्याहरूलाई हल गर्नुमा मुख्यतः बुद्धि तथा अनुभवको प्रयोग गर्न थाल्दछन् । यिनीहरूले परम्परादेखि चल्दै आएको धार्मिक रुढीहरूमा जबर्जस्त हमला गरे अनि चिन्तनका नयाँ आयाम विकसित गरे । रुसोले स्पष्ट रूपबाट समाजको विकासको भौतिक–सामाजिक स्थितिका सम्बन्धमा व्याख्या गरे । देकार्तले (ए हिस्ट्री अफ फिलोसोफी (मोडर्न फिलोसोफी) ६७,४८,४९) चेतना र पदार्थका बीच सम्बन्धको मौलिक दार्शनिक प्रश्नलाई नयाँ ढफ्ले उठाए र विश्वमा यान्त्रिकता देखे । हब्सले अनुभवको प्रमाणिकतामा बल दिए तथा धर्मको स्रोतमा भय र जिज्ञासा पाए ।

उद्योगहरूको विकास र वैज्ञानिक अनुसन्धानहरूको प्रक्रिया तीव्रगतिले जारी रह्यो । पन्ध्रौँ÷सोह्रौँ शताब्दीमा कोपर्निकस (समकालीन धर्म दर्शन, २८) १४३२–१५४३ ले विश्वको केन्द्र पृथ्वी नभएर सूर्य हो भन्ने कुरा प्रमाणित गरे । त्यसपछि ग्यालिलियो (१५६४–१६४२) ले सूर्यले पृथ्वीको परिक्रमा नगरेर पृथ्वीले सूर्यको परिक्रमा गर्ने कुरा प्रमाणित गरे । क्याथोलिक चर्चका मान्यतामा यो भीषण प्रहार थियो । परम्परागत इसाई मान्यताअनुसार पृथ्वी चेप्टो छ र यो नै ब्रह्माण्डको केन्द्र हो भन्ने थियो । सूर्य र अन्य ग्रहहरूले पृथ्वीको परिक्रमा गर्दछन् । पृथ्वीको केन्द्र मान्छे हो जसलाई ईश्वरले सृष्टि गरेका हुन् । धार्मिक मान्यताको यो लामो कडी विज्ञानको आघातले टुट्न थाल्यो । रोमन चर्चका अधिकारीहरूले वैज्ञानिक ज्ञानको गतिलाई रोक्नका लागि दमन–चक्र चलाए ।

रोमन क्याथोलिक चर्चलाई वैज्ञानिक क्षेत्रबाट मात्र चुनौतीको सामना गर्नुपरेको थिएन त्यसका अतिरिक्त लुथर, काल्विन आदिका नेतृत्वमा ‘प्रोटेस्टेन्ट’ नामबाट नयाँ धार्मिक आन्दोलन पनि सुरु भयो । फ्रान्स, जर्मनी, बेलायतजस्ता देशहरूमा नयाँ शक्तिहरूको भावना लिएर यो आन्दोलनले रोमन चर्चका विरुद्ध विद्रोहको झन्डा बुलन्द ग¥यो । लुथरले पोपको धर्मादेशलाई च्यातिदिए, चर्चलाई ईश्वरको लौकिक प्रतिनिधि मान्नबाट अस्वीकार गरे एवम् चर्चलाई माध्यम नबनाएर व्यक्ति र ईश्वरको सम्पर्कको धारणा अपनाए ।

एकाधिपत्यवादी सामन्तवादलाई तोड्नमा व्यक्तिगत स्वतन्त्रताको नाराले जादूकोे काम गरिरहेको थियो । ‘प्रोटेस्टेन्ट’ धर्मले पनि यो नारालाई पूरा जोडका साथ प्रस्तुत ग¥यो । त्यसपछि पुँजीवादको उत्साहजनक विकासले फ्रान्सेली क्रान्तिमा धर्मलाई नितान्त किनारा लगाएरमात्र समानता र बन्धुत्वलाई मानवीय स्वभावको रूपमा प्रस्तुत ग¥यो । यो क्रान्तिले आधारभूत किसिमबाटै पुराना मान्यता र रुढीहरूलाई उखेलेर फाल्यो र नयाँ प्रतिमानहरूको स्थापनाको मार्ग प्रशस्त ग¥यो ।

यता विज्ञान र भूगोलका अनुसन्धानहरूले (ए हिस्ट्री अफ फिलोसोफी (एम.पी.) ५) प्रकृति र मान्छेका बारेमा नयाँ–नयाँ रहस्यहरूको उद्घाटन जारी राखे । सत्रौँ शताब्दीमा न्यूटन (समकालिन धर्म दर्शन,३०) १६४२–१७२७ ले सबै भौतिक घटनाहरू गुरुत्वाकर्षण नियमबाट सञ्चालित हुन्छन् भन्ने कुरा देखाए । प्रकृतिमा स्वयं अनिवार्य नियमहरू निहित छन् । न्यूटनको मान्यताअनुसार बीचबीचमा ईश्वरले नक्षत्रहरू फुटेर झर्ने जस्ता घटनाहरूलाई रोक्नका लागि हस्तक्षेप गर्दछ ।
फेरि खगोल शास्त्री लाप्लास (त्यही, ३०) (१७४९–१८२७) ले यस्तो धारणालाई भ्रामक सावित गर्दै भने, ‘नक्षत्रहरू पथभ्रष्ट हुने कुरा निराधार हो । ’ प्राकृतिक नियमअनुसार नै ग्रहहरूको मार्ग निर्धारित हुन्छ, तिनै नियमहरूका आधारमा नै सबै कुरा ठीक पनि गरिन्छ । यस व्यवस्थामा ईश्वरको कुनै अस्त्वि छैन । सम्राट नेपोलियनले (१८०८–१८७३) आश्चर्य मान्दै लाप्लास (१७४९–१८२७) सँग सोधेका थिए, ‘ईश्वर नभइकन यो व्यवस्थाको व्याख्या कसरी गर्न सकियो ?’ उनले सजिलै उत्तर दिए, “महोदय, त्यो परिकल्पनाको आवश्यकता नै परेन ।” उनले सिद्ध गरेर देखाए – विश्वको प्रक्रिया यान्त्रिक छ, त्यसलाई सञ्चालन गर्नका लागि कुनै चेतन बुघि अर्थात् ईश्वरको कल्पना गर्नु आवश्यक छ ।

दर्शनको क्षेत्रमा भाववादी विचारधारमा भौतिकवादी विचारधारा हावी हुँदै गइरहेको थियो । विज्ञानका नयाँ अनुसन्धान र प्रयोगहरूले यो विचारधारलाई बलियो बनाए । फ्रान्स र बेलायतका अधिकांश क्रान्तिकारी विचारकहरू भौतिकवादी थिए । धर्मका सम्बन्धमा नयाँ परिप्रेक्ष्यमा विचार भइरहेको थियो । यी विचारकहरूले त्यसलाई मानव जातिको देन माने तर तिनीहरूले भौतिक परिस्थितिहरूको विश्लेषण गर्न सकेनन् । जसमा धर्मको उदय अनिवार्य थियो ।

यो धर्मसङ्कटको अवस्थामा धर्म र विज्ञानको क्षेत्र अलग्ग अलग्ग (त्यही, २९) हो भन्न थालियो । जहाँ विज्ञान समाप्त हुन्छ, त्यहाँ धर्मको सुरुआत हुन्छ । केही वैज्ञानिकहरूले पनि धर्मको पक्षपोषण गरे, यद्यपि तिनीहरूको खोज धार्मिक मान्यताका विपरीत थियो । भाववादी विचारधारले नयाँ अन्दाजका साथ धर्मराएको आस्था र विश्वासलाई पुनः उठाउन थाल्यो । कान्ट (ए हिस्ट्री अफ फिलोसोफी (एम.पी.) २३२) जसले आफै वैज्ञानिक चिन्तनलाई विकसित गरे, पछि तिनै अज्ञेयवादतिर झुके । यसले धर्मको महत्वलाई जोगाइ राख्न सहयोग ग¥यो । हेगेलले (ए हिस्ट्री अफ फिलोसोफी (एम.पी.) ३०५) सार्वभौम चिन्तनको उदाहरण प्रस्तुत गरे र भाव (क्ष्मभब) लाई जगत्को मूलविन्दु माने । उनले जगत्को द्वन्द्वात्मक विकासको धारणा प्रस्तुत गरे । यो धारणा विज्ञानको विकासवादी धारणासँग मेल खान्थ्यो । विकासवाद आधुनिक युगको लाक्षणिक धारण बनिसकेको थियो । तर परम भाव या परम विचार वैज्ञानिक धारणाको स्पष्ट रूपमा विरुद्ध थियो । स्पिनोजाको चिन्तन जगत (ए हिस्ट्री अफ फिलोसोफी (एम.पी.) ३०५) कुनै कर्ता ईश्वरसित सर्वथा अलग्ग थियो तर तिनको झुकाव पनि भाववादमा थियो । बेलायतमा भौतिकवादी विचारधाराको चुनौतीलाई पादरी ‘वर्कले’ ले (मैटेरियलिज्म एन्ड इम्पिरियो क्रिटिसिज्म, १५,१६) स्वीकार गरे । उनी भौतिकवादलाई उखेलेर फाल्नका लागि कम्मर कसेर लागे । उनका अनुसार धर्मको रक्षाका लागि भौतिकवादलाई वैचारिक धरातलबाटै नष्ट गर्नु आवश्यक थियो ।

यिनै सामाजिक विकासका साथै चिन्तनका विकासको यस्तै उथलपुथलकारी अवस्थामा कार्लमाक्र्स (मार्क्स एँगेल्स मार्क्सज्म, १८, १९) १८१८–१८८३ ले जन्म लिए । औद्योगिक संस्थाहरूमा सफ्ठित मजदुर वर्गले सामाजिक परिवर्तनमा भाग लिइरहेका थिए । सामन्तवादका विरुद्ध पुँजीवादको क्रान्तिकारी लडाइँका बीचबाट यो नयाँ आन्दोलनकारी वर्गको लडाइँ सुरु भइरहेको थियो । मार्क्स आफूलाई यसै लडाइँको उपज र प्रवक्ता मान्दथे ।

प्रसियाको ट्रिएर नगरमा माक्र्सको जन्म ५ मई, १८१८ मा भएको थियो । उनका पिता वकिल थिए । पहिले उनी यहूदी थिए, पछि प्रोटेस्टेन्ट धर्म अफ्ीकार गरेका थिए । ट्रिएरको जिम्नाजियमबाट स्नातक उत्तीर्ण भएपछि मार्क्सले क्रमशः वोन र बर्लिन विश्वविद्यालयमा अध्ययन गरे । कानुनका विद्यार्थी भएर पनि उनको दर्शन र इतिहासमा गहिरो रुचि थियो । १८४१ मा एपिक्युरसमा आफ्नो शोध प्रबन्धका (धर्मःमार्क्स एँगेल्स, १३) साथै उनले महाविद्यालयको अध्ययन पूरा गरे । मार्क्स त्यतिबेला आफूलाई एउटा हेगेलवादी भाववादी मान्दथे ।

बर्लिनमा ब्रुनो बोबर (१८०९–१८८२) आदि वामपन्थी हेगेलवादी विचारकहरूसँग उनको सम्बन्ध रह्यो । यी वामपन्थी हेगेलवादी हेगेलका दर्शनबाट नास्तिक र क्रान्तिकारी निष्कर्ष निकाल्दथे ।

मार्क्स पहिले शिक्षक बन्न चाहन्थे । सरकारका प्रतिगामी नीतिहरूका कारण फायरवाखलाई (१८०४–१८७२) अध्यापक पदबाट हटाइयो, ब्रुनो बोबेरलाई भाषण गर्न रोक लगाइयो र माक्र्सलाई शैक्षणिक जीवन छोड्न बाध्य पारियो । त्यसै समयमा फायरवादको ‘इसाई धर्मको सार’ ले (धर्मःमाक्र्स एँगेल्स, २९९, ३००) धर्मशास्त्रको आलोचनाद्वारा दर्शनमा प्रभावाशाली भूमिका निर्वाह गर्न सुरु गरेको थियो । पछि उनको पुस्तक –भविष्यको दर्शनको सिद्धान्त’ ले एँगेल्सका शब्दमा ‘मुक्तिदायी’ प्रभाव पा¥यो र मार्क्स–एँगेल्सका साथै धेरै युवकहरू फायरवाखका शिष्य भए ।

१८४२ मा कोलोनबाट प्रकाशित ‘राइनिसे जाइटुङ’ (माक्र्स, एँगेल्स मार्कसिज्म १९, २०) का उनी प्रधानसम्पादक भए । सरकारले त्यस पत्रिकालाई बन्द गर्ने प्रयत्न ग¥यो । फलस्वरूप मार्क्सले सम्पादक पदबाट राजीनामा दिनुप¥यो ।

१८४३ मा मार्क्सले जेनीसित (१८१४–१८८१) विवाह गरे । जेनी एउटा सम्पन्न घरकी छोरी थिइन्  । पछि पेरिसबाट पत्रिका निकाल्नका लागि माक्र्सले जर्मनी छोडिदिए तर त्यो पत्रिका चलने । त्यसमा उनले हरेक वस्तुको निर्मम आलोचना गरे, खास गरेर शास्त्रहरूको र जनता तथा सर्वहारालाई सम्बोधित गरेका थिए ।

१८४४ मा मार्क्स र एँगेल्सको भेट भयो । दुवै क्रान्तिकारी मित्रहरूले आजीवन विचार र क्रान्तिकारी सङ्घर्षमा साथ नछोड्ने वाचा गरे । मार्क्सलाई पेरिसबाट निष्काशित गरियो । कम्युनिस्ट लिग (१८४७) को निर्देशनमा उनीहरूले ‘कम्युनिस्ट पार्टीको घोषणापत्र’ (१८४८) लेखे । निकै स्पष्टताका साथ मार्क्सको नयाँ विश्व दृष्टि यस पुस्तकमा अभिव्यक्त भएको छ ।

फेब्रुअरी १८४८ को क्रान्तिको समयमा उनलाई बेल्जियमबाट बाहिर निकालियो । त्यहाँबाट पेरिस हुँदै कोलोन, जर्मनीमा प्रवेश गरे । फेरि ‘न्यु राइनिशे जाइटुङ’ को सम्पादन कार्य सुरु गरे । जर्मनीमा क्रान्ति पराजित भइसकेको थियो । प्रतिक्रान्तिवादी सरकारले माक्र्समाथि मुद्दा चलायो, फेरि निर्वासित ग¥यो । पेरिस पुगेपछि एउटा प्रदर्शनमा भाग लिएका कारण उनलाई पुनः निर्वासित गरियो । लण्डन गएर माक्र्स स्थायीरूपले बस्न थाले । कठिन गरिबी अवस्थासित (मार्क्स, एँगेल्स मार्कसिज्म, २०) सङ्घर्ष गर्दै उनले ‘पुँजी’ नामक विशाल ग्रन्थको रचना गरे । ‘फान्समा गृहयुद्ध’ गोथा कार्यक्रमको आलोचना’ लुइबोनापार्टको अठारौँ ब्रुमेयर’ दर्शनको दरिद्रता’ आदि मार्क्सका अन्य प्रसिद्ध रचनाहरू हुन्  । १४ मार्च १८८३ मा उनको मृत्यु भयो । यद्यपि मार्क्सका सहयोगी एवम् अनन्य मित्र एँगेल्सले ‘माक्र्सवाद मूलतः माक्र्सकै देन हो’ भनेको भए तापनि उनको सहयोग नभएको भए माक्र्सवाद अधुरो हुने थियो । एँगेल्सले ‘ड्युहरिङ मत खण्डन’ (१८८४) ‘प्रकृतिमा द्वन्द्व’, ‘व्यक्तिगत सम्पत्ति, परिवार र राज्यको उत्पत्ति’, समाजवाद–काल्पनिक र वैज्ञानिक’ आदि ग्रन्थहरूद्वारा मार्क्सको ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादलाई विशदीकरण गरे । मार्क्सले सामान्य खाका बनाएर छोडेका विषयवस्तुहरूलाई एँगेल्सले वैज्ञानिकको गहिरो दृष्टिले हेरेर दुनियाँका अगाडि राखे । मार्क्सको समयमा र त्यसपछि पनि मार्क्सवादको विरोधी व्याख्या हुन थालेको थियो । तिनीहरूको खण्डन गर्ने र नयाँ परिस्थितिहरूमा आफ्नो सिद्धान्तको स्पष्टीकरण गर्नमा एँगेल्स अन्त्यसम्म लागिरहे ।

‘रोबर्ट (दो अननोन् कार्लमार्क्स, रोबर्ट पाइने निबन्धका शीर्षक – १. ‘जोनका अनुसार, आधार र सार, निरूपाधिक आवश्यकता र परिणामहरूका आधारमा वर्णित, क्राइस्ट तथा धर्मनिष्ठको एकताका बारेमा । २. के आगस्टका राज्यलाई रोमन साम्राज्यका सर्वाधिक सुखमय युगहरूमा वस्तुतः लिन सकिन्छ । ३. ‘पेसा रोज्ने सम्बन्धमा युवकको विचार ।’) पाइनेले ‘अज्ञात माक्र्स’ नामक ग्रन्थमा लेखेका छन् । ट्रिएर जिम्नाजियममा भेटिएका माक्र्सका तीन निबन्धअनुसार माक्र्स किशोरावस्थासम्म आफ्नो परिवारको धार्मिक परम्पराबाट पुरै प्रभावित थिए । त्यस अवस्थामा माता–पिताबाट प्राप्त क्रिश्चियन धर्ममा उनले दृढ विश्वास गरेका थिए । समाज र इतिहासका बारेमा उनको रुचि भने त्यसै समयबाट अङ्कुरित हुन थालेको थियो ।

१८४४ देखि १८४५ सम्ममा ती मार्क्सले अस्तित्व ग्रहण गरिसकेका थिए जसले ऐतिहासिक र द्वन्द्वात्मक भौतिकवादको रचना गरे ।
पहिले नै भनिसकिएको छ, मार्क्सले गहिरो अध्ययनबाट के पाए भने जर्मनीका अधिकांश चिन्तकहरू दुइटा क्षेत्रमा विभाजित भएका छन् । एकातिर हेगेलका ती शिष्यहरू थिए, जसले उनको दर्शनको भाववादी आध्यात्मिक व्याख्या गरिरहेका थिए, अर्कोतिर हेगेलका अन्य शिष्यहरू भौतिकवादी व्याख्या गर्दथे । हेगेलका भाववादी (मार्क्सवादी दर्शन, ३५) असङ्गतिहरू स्पष्टरूपमा समाजमा आउन थालेका थिए, तर जीवनका हरेक क्षेत्रलाई समेट्ने र विकासको क्रियालाई समाउने उनको विकासवादी पद्धतिको जोर भने बढिरहेको थियो । यस पद्धतिलाई विज्ञानले पनि बल दिइरहेको थियो ।

मार्क्सले भाववादलाई तिलाञ्जली दिए र द्वन्द्ववादलाई अपनाए । हेगेलका शिष्य फायरबाख विकासको भौतिकवादी दृष्टिका पक्षधर थिए । मार्क्स फायरवाखबाट प्रभावित भएका थिए । त्यसका साथै उनले फायरबाखको आलोचना पनि गर्दथे । फायरबाखका सम्बन्धमा आफ्ना एघार टिप्पणीहरूमा मार्क्सले बताएका छन् – ‘फायरबाखसमेत अहिलेसम्मको तमाम भौतिकवादको मुख्य दोष यो हो कि त्यसमा वस्तु, वास्तविकता, इन्द्रियबोधलाई वस्तु अथवा चिन्तनको रूपमा नै हेरियो, मानवीय इन्द्रियगत क्रियाशीलताको व्यवहारको रूपमा मनोगतवादी ढङ्गले हेर्नुहुँदैन । त्यसैले यस्तो भयो कि त्यसको सक्रिय पक्षको विकास भौतिकवादले नभएर भाववादले गरेको हो । तर यस्तो उसले केवल निरपेक्ष ढङ्गबाट गरेको हो किनभने असंन्दिग्ध रूपबाट भाववाद वास्तविक, इन्द्रियगत क्रियाशीलता जस्ता वस्तुबाट सर्वथा अपरिचित छ । फायरवाखले इन्द्रियगत वस्तुहरूलाई, जुन विचारका वस्तुहरूसित वास्तविकरूपमा भिन्न छन् तिनलाई अवश्य चाहन्छन् तर आफू स्वयं भने मानवीय क्रियाशीलतालाई वस्तुगत क्रियाशीलताको रूपमा हेर्दैनन् । त्यसैले उनले आफ्नो ग्रन्थ ‘इसाई धर्मको सार’ मा सैद्धान्तिक दृष्टिकोणलाई नै एकमात्र सच्चा मानवीय दृष्टिकोण मान्दछन् । व्यवहारलाई त्यसमा उनले त्यसको केवल फोहोरी यहुदीहरूको रूपमा हेरेका छन् र त्यसैरूपमा अङ्कित गरेका छन् । त्यसकारण ‘क्रान्तिकारी’ ‘व्यवहारिक आलोचनात्मक’ क्रियाशीलताको महत्वलाई उनी हृदयङ्गम गर्नसक्दैनन् (धर्मः मार्क्स एँगेल्स, ८८) ।

धर्मको प्रसङ्गमा फायरबाखको अर्को आलोचनामा मार्क्सले लेखेका छन्, फायरबाख धार्मिक आत्मपरकीयकरणको कुराबाट यो संसार दुई भागमा बाँडिएको छ (धर्मःमार्क्स एँगेल्स, ८९) भन्ने कुराबाट सुरु गर्छन् । यिनीहरूमध्ये एउटा धार्मिक, काल्पनिक छ र अर्को वास्तविक । उनले जुन काम गरेका छन् त्यो भनेको यो हो कि धार्मिक संसारलाई पार्थिव आधारमा छुट्टै खडा गरिदिनु । यति काम गरिसकेपछि पनि मुख्य कामहरू गर्न बाँकी नै छन् भन्ने कुरा पत्ता लगाउन सकेनन् किनभने पािर्थव (लौकिक) ले आफूलाई आफैबाट अलग्ग गर्दछ र स्वतन्त्र लोकको रूपमा बादलमा आफूलाई प्रतिष्ठित गर्दछ– यस कुराको स्पष्टीकरण यो पािर्थव आधारको आत्म विभाजन तथा त्यसको स्वतः विरोधी स्वरूपलाई स्वीकार गरेर नै गर्न सकिन्छ । त्यसकारण प्रथमतः यो पािर्थव आधारलाई यसको अन्तरविरोधी स्वरूपका साथमा बुझ्नु आवश्यक छ । यस अन्तरविरोधलाई हटाएर व्यवहारमा भित्रैदेखि क्रान्तिकारी परिवर्तन गर्नुपर्छ । उदाहरणका लागि यो तरिकाले – एकपटक सांसारिक परिवार नै संसारको पवित्र परिवारको आधार हो भन्ने कुरा पत्ता लगाएपछि फेरि सिद्धान्तका क्षेत्रमा सांसारिक परिवारलाई नै आलोचना गर्नुपर्दछ तथा व्यवहारका क्षेत्रमा त्यसैलाई क्रान्तिकारी तरिकाले बदल्नुपर्दछ ।

फायरवाख धार्मिक सत्तालाई मानवीय सत्ताका रूपमा प्रस्तुत गर्दछन् । तर मानवीय सत्ता अलग्ग अलग्ग प्रत्येक व्यक्तिमा निहित हवाई वस्तु होइन भन्ने कुरा ख्याल गर्दैनन् । आफ्नो वास्तविकतामा त्यो सामाजिक सम्बन्धकै समष्टि हो । अतः फायरवाखलाई, जसले सत्ताको आलोचना गर्दैनन् बाध्य भएर :
१. धार्मिक भावनालाई ऐतिहासिक क्रियाबाट यसरी अलग्ग गरिदिनुपर्छ । जस्तो कि त्यो स्वयं कुनै चीज हो र फेरि त्यसलाई त्यसै रूपमा अङ्कित गर्नुपर्दछ तथा एउटा निराकार–सर्वपृथक मानव व्यक्तिको कल्पना गर्नुपर्दछ ।
२. त्यसकारण जहाँसम्म त्यसको सम्बन्ध छ, मानवीय सत्तालाई त्यसले केवल एउटा ‘जाति’ को रूपमा, एक यस्तो आन्तरिक मूक मान्यताको रूपमा नै हेर्दछ जसले स्वाभाविक रूपबाट अनेक व्यक्तिहरूलाई एकताको सूत्रमा बाँध्दछ । त्यसैले फायरवाखले ‘धार्मिक भावना स्वयं सामाजिक उपज हो’ भन्ने कुरा देख्दैनन् । उनी जुन निराकार व्यक्तिको विश्लेषण गर्दछन् त्यो वास्तवमा समाजको एउटा विशेष रूपबाट सम्बन्धित छ ।
‘सामाजिक जीवन मूलतः व्यावहारिक हुन्छ । ती तमाम रहस्यहरू जो सिद्धान्तलाई रहस्यवादको जालोमा अल्झाउँछन्, मानवीय व्यवहारमा तथा यो व्यवहारको समझदारीमा बुद्धिसङ्गत समाधान भेटिन्छ ।

यो टिप्पणीहरू निकटवर्ती विचारक फायरबाखबाट मार्क्सको चिन्तनका प्रस्थानविन्दु देखिन्छन् साथै यिनीहरूले मार्क्सवादी मूल तत्वहरूतिर पनि सङ्केत गर्दछन् । फायरवाखले धर्म उत्पन्न गर्ने ती भौतिक तत्वहरूको विश्लेषण गर्नसकेनन्, (धर्मःमार्क्स एँगेल्स, ३१३) जसलाई उनी आधारभूत मान्दछन् । धर्मद्वारा मान्छेले आफू स्वयंलाई आफूबाट भिन्न देख्दछ, अलग्ग मान्दछ । तर यो भिन्नताको जनक परिस्थितिहरूमा अन्तरविरोध के हो ? यसबारेमा फायरवाख स्पष्ट हुनसकेनन् । उदाहरणको रूपमा ‘सामान्य तरिकाबाट विचारित धर्मको सार’ नामको प्रसिद्ध पुस्तकमा उनले लेखेका छन्– ‘ईश्वरको चेतना (मान्छेको) आत्मचेतना हो, ईश्वरको आत्म ज्ञान हो ।
धर्म– ईश्वरको चेतनालाई मान्छेको आत्मचेतना भन्नुको तात्पर्य धार्मिक व्यक्ति यस एकरूपताप्रति सोझै जागरुक छ भन्ने होइन । किनभने उल्टो तरिकाबाट यसको अज्ञान नै धर्मको विशिष्ट स्वभावका लागि मौलिक हो । त्यसैकारणले धर्म जातीय इतिहासको जस्तै व्यक्तिको इतिहासमा पनि दर्शनभन्दा पहिले आउँछ । आफैमा प्राप्त नगरेसम्म उसले आफ्नै प्रकृतिलाई आफूबाट टाढा देख्दछ । 

निश्चित रूपबाट यहाँ फायरबाख धर्मलाई मानव स्वभावको प्रक्षेपण बताउँदै ती परिस्थितिहरूलाई नजरअन्दाज गर्दछन्, जसलाई धर्मको प्रक्षेपण सम्भव हुन्छ । उनी मानव स्वभावलाई यसरी प्रस्तुत गर्दछन्– मानौँ त्यो कुनै स्थिर तत्व हो र धर्मलाई सामाजिक व्यवस्थाको अन्तर्विरोधहरूका सन्दर्भमा हेर्दैनन् । 

यसै निबन्धमा उनले लेखेका छन् – धर्म जगत र मानवका स्वभावको त्यो प्रत्यय हो, जुन मानव स्वभावको लागि सारभूत एकरूप छ । धर्मलाई यसरी मानव स्वभावको सारभूत तत्व मान्नुको अर्थ त्यो त्यसरी नै नित्य छ जसरी मानव स्वभाव । मानव स्वभाव के हो त ? के त्यो अपरिवर्तनीय छ ? त्यो कसरी बन्दछ र विभिन्न ऐतिहासिक कालखण्डहरूमा कसरी विभिन्न रूप धारण गर्दछ ? प्रकृतिमा निर्भर रहँदा र त्यसपछि राज्यको उदय हुने परिस्थितिहरू के थिए र तिनीहरूले मानव स्वभावलाई कसरी रेखाङ्कित गरे ? यी प्रश्नहरूको उत्तर यो सामान्य धारणाद्वारा दिन सकिंदैनथ्यो– धर्म मानव स्वभावको प्रक्षेपण हो भनेर । (धर्मः मार्क्स एँगेल्स, १०७)

धर्ममा निषेध र विधानको कारण के हो ? मानव स्वभावमा निषेध र विधान कसरी आउँछन् ? किन त्यसले सामन्तलाई सर्वशक्तिशाली मान्दछ, त्यसलाई ईश्वरीय गौरव दिन्छ र यसप्रकार आफूलाई निर्वासित गर्दछ ? दासताको आत्मस्वीकृति किन ? समुचित उत्तर वर्गीय ढाँचालाई नदेखिकन असम्भव थियो । 

मार्क्सका अनुसार वस्तु र चेतनालाई स्थिर, अलग–अलग रहेका तत्वहरूका (धर्मः मार्क्स एँगेल्स, ९६) रूपमा लिन बुझ्न सकिंदैन । मान्छे जड प्रकृतिको विरोधमा आफूलाई सङ्गठित गर्दछ । यो सङ्गठन प्रकृतिका विरोधी शक्तिहरूमा अधिकार जमाउने तथा उत्पादनद्वारा जीवनधारण गर्ने क्षमता प्राप्त गर्नका लागि हो । उसको उत्पादन पद्धतिमा जुन प्राकृतिक शक्तिहरूको प्रभाव पर्छ, तिनीहरूलाई उसले आफ्नो चेतनाद्वारा मण्डित गर्दछ ताकि सामञ्जस्य हुन सकोस् । उत्पादन पद्धतिको एउटा स्तरसम्म विकास भएपछि समाजमा वर्ग विभाजन हुन्छ । यहाँ एउटा यस्तो वर्गको सुरुआत हुन्छ जो उत्पादक वर्गमाथि हावी हुन्छ । यो वर्गले उत्पादनका सबै साधनहरू तथा व्यक्तिहरूमा कब्जा जमाउँछ । यसका विरुद्धमा दबेको वर्गले आवाज उठाउँछ, विद्रोह गर्दछ तर असफल भएपछि आत्मसमर्पण गर्दछ । उत्पीडित वर्गको श्रमशक्तिले माथिल्लो वर्गलाई साधन सम्पन्न र शक्तिशाली बनाउँदै जान्छ र आफू बञ्चित हुँदै जान्छ । जीवनका निजी शक्तिहरूबाट बञ्चित पीडित वर्ग शासक वर्गलाई आलौकिक शक्तिले सम्पन्न मान्न थाल्दछ । यसरी आत्म परिकीयकरण (Self सेल्फ एलिनेसन) को क्रिया सुरु हुन्छ । आदिम समाज सोझै प्रकृतिको नियन्त्रणमा बस्दथ्यो । उसले त्यसैलाई जादूको क्रियाबाट प्रभावित गर्ने कोसिस गथ्र्यो, चेतनाले मण्डित गरेर सम्प्रेषणको माध्यम खोज्थ्यो । एकातिर उत्पादनको वैज्ञानिक ज्ञान आर्जित गरिन्थ्यो भने अर्कोतिर आफ्नो सोझोपनको कारण मानिसले विश्वास गर्दथ्यो कि यदि अलौकिक शक्तिलाई खुसी पारिएन भने अनिष्ट गर्नेछ, यदि त्यसको पूजा गरेर खुसी पारियो भने उसले हाम्रो भलो गर्नेछ । यहाँबाट धार्मिक उपासना सुरु भयो र त्यसले प्रार्थना, बलि तथा धार्मिक रीतिरिवाजको रूप धारण ग¥यो । पूजा पाठबाट पुरोहितहरू, लामा झाँक्रीहरू, पण्डित, जोगीजन्तरीहरू र अन्य यस्तै सम्प्रदायको जन्म भयो । (मार्क्सवादी दर्शन, ३५०)

उत्पादक शक्तिहरूको विकासले क्रमशः समाजलाई दास–मालिक, किसान–सामन्त, सर्वहारा–बुर्जुवा मुख्य वर्गमा बाँडिएको हो । दास, किसान र सर्वहारा श्रमिक वर्गको फल मालिक, सामन्त र बुर्जुवाहरूले हडप्छन् । यो अन्तर्विरोधले उपरि ढाँचा बनेको छ, जसमा धर्म, कानुन आदि मुख्य तत्व हुन्छन् । वर्गमा बाँधिएको समाज निरन्तर द्वन्द्वमा हुन्छ । द्वन्द्वले समाजलाई अगाडि बढाउँछ, पुराना शक्तिहरू नष्ट हुन्छन्, नयाँ शक्तिहरूको विकास हुन्छ । फेरि उत्पादनको क्षमता अनुसार नयाँ शक्तिहरूले जन्म लिन्छन्, क्रान्ति हुन्छ र समाजमा आमूल परिवर्तन हुन्छ । पछिको धर्म कायम राख्न मद्दत गर्दछ । निर्धक्कसाथ भन्न सकिन्छ धर्मले क्रान्तिकारी परिवर्तनका विरुद्ध निहित स्वार्थहरूको पक्ष (मार्क्सवादी दर्शन, ३५१) लिएको हो तथा निहित स्वार्थले वैज्ञानिक अनुसन्धानमा अङ्कुश लगाउन, चिन्तनको स्वतन्त्र प्रवृत्तिलाई दमन गर्नमा धर्मको सहारा लिएको हो । 

धर्म शासक वर्गको सुनियोजित षड्यन्त्रबाट सुरु भएको भने होइन । यो जनताको आर्थिक रूपबाट आत्म निर्वासित अवस्थाको प्रक्षेपण थियो । त्यसको वास्तविक दुःखको अभिव्यक्तिका साथै त्यसको ‘विरोधको प्रदर्शन’ (स्टडिज इन अ डाइङ कल्चर, २०) थियो । अतः धेरै पटक धर्मले पनि क्रान्तिको भूमिका निर्वाह गरेको हो, यद्यपि यो सही बाटोमा थिएन । जनतालाई पूर्ण सफलता यसबाट कहिल्यै भएन । शोषक वर्गले बिस्तारै–बिस्तारै जनतामा विकसित धार्मिक भावनालाई बुझ्यो, त्यसलाई आफ्नो स्वार्थमा प्रयोग ग¥यो । जनता मुक्त र सुखी जीवन बाँच्न चाहन्छन् । तर, यस जगतमा त्यो प्राप्त गर्न सक्तैनन् अनि उनीहरूमा नैराश्यता आउँछ र अर्को जगतको कल्पना गर्न विवश र बाध्य हुन्छन् । शासक वर्गले अर्को संसारको यो कल्पनाको यो संसारमा शोषण र दमन गर्नका लागि प्रयोग गर्दछ । किनभने जनता शोषण र दमनको जाँतोमा पिसिंदा पिसिंदा चेतनाको विकास गर्नमा अक्षम हुन्छन् र शोषक वर्गलाई मनोरञ्जन र विश्रामको पर्याप्त समय मिल्दछ । अतः उसले वर्गीय हितलाई कायम राख्ने र शासन गर्ने आफ्नो चेतना, शिक्षालाई लागू गर्दछ । त्यही जनतामाथि लाद्दछ । किनभने जनता यान्त्रिक तरिकाले उत्पादन र श्रममा लागिरहेका हुन्छन् । चेतनाको अभावले सही मुकावला गर्नसक्तैनन् । यस्तो समयमा यस संसारको उत्पीडनले त्यस संसारको कल्पनामा शरण लिन्छ । शक्तिशाली शासक ईश्वरका रूपमा प्रक्षेपित हुन्छ, जनता भ्रमका शिकार बनिरहन्छन् । 

तर, सर्वहारा वर्गको उदयले (धर्मः माक्स एँगेल्स, ७१) समाजलाई यस अवस्थामा पु¥याएको छ कि एक दिन शोषक वर्गको उन्मूलन हुनेछ । जनताको शक्ति जनतालाई प्राप्त हुनेछ, आत्मनिर्वासनको प्रक्रिया बन्द हुनेछ र यसका साथै धर्म स्वतः नष्ट भएर जानेछ । 

सङ्क्षेपमा, समाज र धर्मको विकासको बारेमा माक्र्सको यही धारणा हो । समाजको विकासको यसै धारणालाई ऐतिहासिक भौतिकवाद भनिन्छ । यो विश्वको व्यापक धारणामा अबलम्बित छ जसलाई द्वन्द्वात्मक भौतिकवाद भनिन्छ ।

हेगेलको द्वन्द्ववादी धारणाका आधारमा जीवन र जगतका प्रति निर्मित भौतिकवादी धारणालाई द्वन्द्वात्मक भौतिकवाद भनिएको हो । एक वाक्यमा मार्क्सले सत्ता (Reality) लाई यसरी परिभाषित गरेका छन्–गतिशील पदार्थ सत्ता (Reality) हो । सत्ता एउटा दार्शनिक परिकल्पना हो जसको परिधिमा मष्तिस्कबाट बाहिरको सम्पूर्ण तत्वहरू समाहित हुन्छन् । लेनिनले ‘भौतिकवाद र अनुभवसिद्ध आलोचना’ मा लेखेका छन्– ‘पदार्थ (Matter) वस्तुगत यथार्थलाई इङ्गित गर्ने एउटा दार्शनिक परिकल्पना (हाइपोथेसिस) हो, जुन मानिसलाई त्यसको संवेदनाहरूबाट प्राप्त हुन्छ र जुन हाम्रो संवेदनाहरूबाट स्वतन्त्र रहेर तिनीहरूद्वारा अनुकूलित फोटो चित्रित र प्रतिबिम्बित भइरहन्छ । (माक्र्सवादी दर्शन, ५६)’

भौतिकवाद र भाववादको सङ्घर्ष (माक्र्सवादी दर्शन, ५७) पुरानो सङ्घर्ष हो । एउटाको अनुसार व्यक्तिगत वा सार्वभौम रूपमा चेतना नै सृष्टिको मूल हो । अर्कोको मतमा भौतिकवादी दृष्टिमा, गतिशील अचेतन पदार्थ नै मौलिक तत्व हो, चेतना त्यसमाथि आधारित छ, त्यसैलाई प्रतिबिम्बित गर्दछ । डार्विनले जीवन जगतको विकासक्रमको वैज्ञानिक प्रदर्शन गरेर सावित गरिदिए कि भौतिक तत्वहरूका भित्र निहित अन्तर्विरोधहरूबाट जीवहरूको विकास हुन्छ, आत्मचेतन मनुष्यको आविर्भाव यसक्रममा धेरै पछिको हो, प्राकृतिक तत्वहरूमा अनिवार्य रूपबाट रूपान्तरणको सिलसिला जारी रहन्छ । यस भौतिक खोजले माक्र्सको भौतिकवादी धारणालाई पूरै प्रमाणित गरिदियो, यद्यपि चाल्र्स डार्बिन आफूलाई ईश्वरवादी मान्दथे । 

द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादको विश्वदृष्टिकोणअनुसार मार्क्सले पुँजीवादी समाजको अन्तर्विरोधहरूलाई स्पष्ट गरे । अतिरिक्त मूल्यको सिद्धान्तले ती प्रवृत्तिहरूलाई सामुन्ने राखे जसले शोषणका नयाँ स्रोतहरूको काम गरिरहेका छन् । प्राचीन दर्शनबाट आफ्नो दर्शनलाई यस रूपमा भिन्न माने कि दार्शनिकहरूले संसारको भिन्न भिन्न ढङ्गले व्याख्या गरेका छन्, वास्तविक काम भनेको त्यसलाई बदल्ने हो । (धर्मः मार्क्स एँगेल्स, ९२)

धर्मको आलोचनाको मार्क्सवादी दृष्टिकोण यसकारण महत्वपूर्ण छ कि त्यसले एक अनिवार्य नियमको आधारमा धर्मको समाप्त हुने घोषणा गर्दछ । धेरै विचारकहरूले भिन्न भिन्न किसिमले धर्मको आलोचना गरेका थिए । ‘नित्से’ (इसुज इन रिलिजन, ३६०) ले ईश्वरको मृत्युको घोषणा गरेका थिए । फ्रायडले पनि मनोवैज्ञानिक विश्लेषणका आधारमा धर्मलाई भ्रम मानेका थिए । त्यसलाई वैज्ञानिक ज्ञानको विकासमा वाधक मानेका थिए । तर, ‘नित्से’ फ्रायड आदिका विचारहरूबाट केही बुद्धिजीवीहरू र धर्मशास्त्रीहरूलाई त्यति खतरा भएन जति माक्र्सका विचारहरूबाट भयो । जसरी माक्र्सले धर्मलाई ‘अफीम’ भनेका थिए त्यसैगरी फ्रायडले त्यसलाई तीतो गुलियो वीष मानेका थिए । फेरि पनि विशिष्ट कोटिका विचारकहरूको मष्तिस्कमा ‘अफीम’ शब्द घातक किसिमले गुज्रिरहेको छ, त्यसको कठोर आलोचना गरिएको छ, त्यतिमात्र नभएर केही मानिसहरू मार्क्सवादलाई नै घृणाको दृष्टिले हेर्दछन् । यो कुरो अझै अगाडि आइरहेको छ किनभने यस दर्शनको क्रान्तिकारी प्रभाव संसारमा दिनानुदिन बढिरहेको छ । शोषणका प्रवृत्तिहरूलाई नष्ट गर्ने र समाजलाई बदल्ने काम द्रुतगतिमा अगाडि बढिरहेको छ । साथै निहित स्वार्थबाट टाँसिएका बुद्धिजीवीहरू ‘नित्से’ को यो खुल्दुलीपूर्ण घोषणालाई आरामका साथ सहन गरेका छन् ‘ईश्वर म¥यो’ प्रति मार्क्सलाई यसकारण घोच्दछन् कि उनले धर्मलाई अफीमजस्तो तुच्छ वस्तुसँग तुलना गरे । वस्तुतः धर्म संवेदनशील विषय हो, त्यसमा संवेगात्मक प्रतिक्रिया जगाउने असाधारण क्षमता छ, अतः यिनीहरू मार्क्सको धारणाको आलोचनात्मक मूल्याङ्कन नगरेर राजनीतिक प्रतिशोधको रूपमा प्रयोग गर्छन् । यही कारण हो कि अधिकांश मानिसहरूलाई यो पनि लाग्छ कि मार्क्सले धर्मलाई ‘अफीम’ घोषित गर्नुसिवाय केही पनि भनेका छैनन् ।

यस परिस्थितिमा धर्म तथा त्यसका बारेमा माक्र्सको धारणालाई स्पष्ट गर्नु स्वयंमा एक दार्शनिक औचित्य हो । स्वतन्त्र चिन्तनको परम्परालाई कायम राख्न र अन्धविश्वासलाई पराजित गर्नमा सुकरातदेखि लिएर आजसम्मका विचारकहरूलाई धेरै खप्की खानु परेको छ । तर, विज्ञान र त्यसका आधारमा चिन्तनको विकास अविराम गतिले भइरहेको छ, यसलाई नकार्न सकिन्न । ‘कौलनिसे जाइटुङ’ (१८४३) नामक पत्रिकाको सम्पादकीयमा माक्र्सका तमाम समकालीनहरूप्रति सरकारी सेन्सर सिपद्वारा दमन चलाउने माग गरिएको थियो । सम्पादकले लेखेका थिए– सेन्सरसिप जबसम्म चालु रहन्छ तबसम्म उसको यो सबभन्दा आवश्यक कर्तव्य हुन्छ कि युवाहरूको बदमासीबाट भरिएको फोहोरी दुर्गन्धप्रति रोक लगाओस् जुन हालमा पटक–पटक हाम्रो आँखाका सामुन्ने पीडादायी ढङ्गले आएको छ । माक्र्सले चिन्तनप्रति (धर्मः मार्क्स एँगेल्स, १६, प्रोमोथियसलाई दर्शनका इतिहासको सबभन्दा उदात्त सन्त र सहित मान्दै माक्र्सले ‘बन्दी प्रोमोथियस’ का यी पङ्क्तिहरू उद्धृत गरेका छन् – ‘आफ्ना बन्धनहरूको ठाउँमा दासहरूको जस्तो गुलामीलाई म कहिल्यै पनि किन्ने छैन । जियसको सेवामा बन्दी बनिरहने सट्टा– चट्टानसित बाँधिनु धेरै राम्रो हुन्छ ।’) कुनै प्रकारको प्रतिबन्धलाई अस्वीकार गरिदिएका थिए जसको कारण उनलाई अन्य देशहरूबाट निर्वासित हुनु परेको थियो, अभावको निस्सासिंदो परिस्थितिबाट गुज्रिनु परेको थियो ।

प्रस्तुत प्रबन्ध धर्मसम्बन्धी मार्क्सको धारणालाई यसै मूल्यलाई सामुन्ने राखेर प्रस्तुत गरिएको छ । मार्क्सपछिका केही विचारकहरू र सम्बन्धित घटनाहरूलाई यसरी यहाँ राखिएको छ कि यसलाई बढी सहज गर्न सकियोस् । 

हजारौं वर्ष पहिलेदेखि धर्मका पक्ष र विपक्षमा तर्क दिंदै आइएको छ । यहाँ सबै विचारहरूलाई सम्पूर्ण रूपबाट प्रस्तुत गर्न कठिन पनि छ र अनावश्यक पनि । सर्वप्रथम हामी धर्मका बारेमा प्राप्त विशिष्ट तथा सामान्य तथ्यहरूमा प्रकाश पार्ने प्रयत्न गर्नेछौं । फेरि केही विचारकहरूका धारणाका साथै माक्र्सवादी धारणा प्रस्तुत गरिने छ । 

अनुवाद : बुद्धिसागर भट्टराई
धर्मबारे मार्क्सवादी दृष्टिकोण पुस्तकबाट