मोतीपुरमा सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति पत्रकार महासंघको ध्यानाकर्षण

मोतीपुरमा सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति पत्रकार महासंघको ध्यानाकर्षण

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले जिल्लाको बुटवल उपमहानगरपालिका १७ मोतीपुर औद्योगिक क्षेत्रमा प्रहरी र सर्वसाधरण नागरिक बीच भएको झडपका क्रममा पत्रकार र सञ्चारकर्मीमाथि गरिएको आक्रमणप्रति ध्यानाकर्षण भएको बताएको छ । 

महासंघका सचिव विनोद परिवारद्धारा जारी वक्तव्यमा स्वतन्त्रतापूर्वक जनतालाई सुसुचित गराउन फिल्डमा रिर्पोटिङ गर्न गएका पत्रकारमाथि आतंक गर्दै रोक, आक्रमण र दुव्र्यवहारको कडा शब्दमा भत्र्सना गरेको छ ।

वक्तव्यको पूर्ण पाठ
जिल्लाको बुटवल उपमहानगरपालिका १७ स्थित मोतीपुर औद्योगिक क्षेत्रमा प्रहरी र सर्वसाधरण नागरिक विच भएको झडपका क्रममा पत्रकार तथा सञ्चारकर्मीमाथी भएको आक्रमण, धरपकड र दुव्र्यवहार प्रती नेपाल पत्रकार महासंघ रुपन्देहीको गम्भिर ध्यानआर्कषण भएको छ ।
 
स्वतन्त्रतापूर्वक जनतालाई सुसुचित गराउन फिल्डमा रिर्पोटिङ गर्न गएका पत्रकारमाथि प्रहरी र सर्वसाधरणले पत्रकार ÷सञ्चारकर्मीलाई आतंकित पार्दै रिर्पोटिङ गर्नमा लगाइएको रोक, आक्रमण र दुव्र्यवहारको कडा शब्दमा भत्र्सना गर्दै सुरक्षाको प्रत्याभूती दिलाउन महासंघ जोडदार माग गर्दछ ।
 
समाचार संकलनका क्रममा लुम्बिनी टेलिभिजन र बुटवल एफएममा कार्यरत सञ्चारकर्मी विश्व ज्ञवालीमाथि स्थानीयको आक्रमणबाट टाउकोमा चोट लागी घाईते हुनुभएको छ । घाईते ज्ञवालीको बुटवल हस्पिटल प्रालीमा उपचार भइरहेको छ । त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका सदस्य सुरेश परियार, खस्यौली एफएमा कार्यरत सञ्चारकर्मी कृष्ण पाण्डे सहित रिर्पोटिङमा खटिएका सञ्चारकर्मीमाथी प्रहरी र आन्दोलनकारीले समाचार संकलनमा लगाएको रोकले स्वतन्त्र प्रेसकै खिल्ली उडाएको छ ।
 
घाईते सञ्चारकर्मी ज्ञवालीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै पत्रकार÷ सञ्चारकर्मीमाथी भएको आक्रमण र दुव्र्यहारको घोर भत्र्सना गर्दै दोषीको पहिचान गरि कानुन अनुसार कारवाहीको माग  गर्दछौं । पत्रकारहरुलाई स्वतन्त्रतापूर्वक समाचार संकलन गर्ने वातावरण मिलाउन प्रहरी प्रशासनको ध्यानआर्कषण गराउँछौं । साथै प्रहरी प्रशासनलाई घटनाबारे सहज रुपमा सूचना उपलब्ध गराउन समेत माग गर्छौ ।   मोतीपुर क्षेत्रको स्थिती असहज भएकाले सम्पूर्ण सञ्चारकर्मी एंव पत्रकारहरुलाई संमयता अपनाएर मात्रै रिर्पोटिङमा खटिन समेत हार्दिक अपिल गर्दछौं ।  

विनोद परियार
सचिव