अखिल (छैठौं)को राष्ट्रिय सम्मेलन विवादमा, छुट्टाछुट्टै नेतृत्व चयन 

अखिल (छैठौं)को राष्ट्रिय सम्मेलन विवादमा, छुट्टाछुट्टै नेतृत्व चयन 

नेकपा (मसाल) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को २२ औं राष्ट्रिय सम्मेलन विवादित बनेको छ । बुटवलमा सम्पन्न एउटा समूहले गरेको सम्मेलनले अध्यक्षमा देवेन्द्र कुँवर निर्वाचित गरेको छ । बुटवलमा जारी २२ औँ राष्ट्रिय सम्मेलनले कुँवरको नेतृत्वमा ३५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । 
त्यस्तै अर्को समूहले धनधढीमा भेला गर्दै निवर्तमान महासचिव महेशराज जोशीको नेतृत्वमा ३१ सदस्यीय समानान्तर केन्द्रीय कमिटीको घोषणा गरेको छ । 

नवनिर्वाचित अध्यक्ष जोशीले धनगढीमा पत्रकार सम्मेलन गर्दै ३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको घोषणा गरे। जोशीले २३ र २४ गते धनगढीमा गरेको राष्ट्रिय सम्मेलनमा देशभरका १०२ जना प्रतिनिधिको उपस्थितिमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको बताए। 

यता बुटवलमा सम्पन्न सम्मेलनले भने केन्द्रीय समितिको उपाध्यक्षमा गणेश अधिकारी र नविन पाण्डे तथा महासचिव सुवाश जिसी निर्वाचित ुभएका छन् । यस्तै, सरोजमान सिंह र ईन्द्रमणी पाण्डेलाई सचिवमा निर्वाचित गरेको छ भने कोषाध्यक्षमा प्रतिभा आचार्यलाई चयन गरेको छ ।

कुँवर नेतृत्वको सचिवालय सदस्यमा हरि बुढा, भीमराज जोशी, हेमराज भट्ट र चोपबहादुर विक चयन भएका छन् । सदस्यहरुमा पुरन पोखरेल, देवेन्द्र पौडेल, खगेन्द्रा विष्ट, नमराज चन्द, विवेक जिसी, टंक अवस्थी, नविन केसी, सागर बेलवासे, ऋषव आचार्य, सूर्य पौडेल, विमल सापकोटा, कमल आचार्य, सूदीप पौडेल, केशव बुढाथोकी, दानु सारु र विमल पाण्डे रहेका छन् ।

सम्मेलनले लक्ष्मण विक, दीपेन्द्र पौडेल, जीवन नेपाली, सञ्जिला बुढा, सगर सुवेदी, कर्म जोशी, तृसना श्रृनेत र गणेश सापकोटालाई वैकल्पिक सदस्यमा चयन गरेको छ । निवर्तमान अध्यक्ष विमल पोखरेल र निवर्तमान सचिव गोपाल प्रसाद भट्टराई सल्लाहकारमा चयन गरेको छ ।

उता धनगढीमा भएको सम्मेलनले अध्यक्षमा निर्वाचित गरेको जोशीलेभने, ‘देशभरका साथीहरुको उपस्थितिमा धनगढीमा गरिएको २२ औँ सम्मेलन नै आधिकारिक हो।’
यसअघि गत साउन १९ गते केन्द्रीय समितिको बैठकले पाल्पामा २२ औँ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको थियो उनले भने, ‘अध्यक्ष विमल पोख्रेलले गुटगत राजनीति गर्न खोजेर केन्द्रीय कमिटीलाई थाहै नदिइ स्थान परिवर्तन गर्ने, जिल्ला सम्मेलनबाट निर्वाचित समितिलाई छलेर सम्मेलनमा अवैधानिक व्यक्तिहरुलाई सम्मेलनको प्रतिनिधि बनाएको विषयलाई हामीले विरोध गरेर धनगढीमा सम्मेलन गरेका हौँ।’

उनले धनगढीमा भएको २२ औँ राष्ट्रिय सम्मेलनले उपाध्यक्षमा मनोज शर्मा (बाग्लुङ), महासचिव उमेश कँडेल (कैलाली), सचिव आशिष जबेगु (इलाम), कोषाध्यक्ष प्रतिभा शर्मा (काठमाडौ), सचिवालय सदस्यहरुमा शिव चालिसे (बाग्लुङ), महेश भट्ट (कञ्चनपुर), हेमविक्रम चन्द (डोटी), एकेन्द्र कँडेल (कैलाली), सुमन भण्डारी (रुपन्देही), समर शाही (भक्तपुर) र सदस्यहरुमा नरेश झुकाल (डडेल्धुरा), कपिल जोशी (चितवन), संसार कार्की (बाँके), प्रेमप्रसाद भुषाल (प्यूठान), आरती न्यौपाने (सुर्खेत), रोशनी चौधरी (कपिलवस्तु), मिलन लम्साल (काठमाडौ), पुष्कर भट्ट (कञ्चनपुर), बिराट चन्द (बाँके), जनक आचार्य (कैलाली), महेश बिक (ललितपुर), प्रकाश जोशी (बैतडी), लोकराज अवस्थी (डोटी), सनकुमार राई (झापा), निरज थापा (बारा), सरिता सुवेदी (सुनसरी), जिवी कुँवर (अर्घाखाँची) र गणेश चन्द (काठमाडौं) लाई चयन गरिएको बताए। बाँकी तीन जनालाई पछि मनोनित गरिने उनले बताए। उनले समितिको सल्लाहकारमा सागर कुँवर (काँस्की) र दिवश पौडेल (काठमाडौं) लाई चयन गरिएको बताए ।

नेकपा मसालभित्रको आन्तरिक विवाद बिद्यार्थी संगठनमा समेत देखिएको छ ।