बुटवल मोतिपुरमा प्रहरीद्धारा गोली प्रहार, ५ भन्दा बढी सर्वसाधरण घाइते

बुटवल मोतिपुरमा प्रहरीद्धारा गोली प्रहार, ५ भन्दा बढी सर्वसाधरण घाइते

बुटवल-रुपन्देहीको मोतिपूर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडपका क्रममा प्रहरीले गोली चलाएको छ। 

प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि गोली चलाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए। गोली लागेर कम्तीमा ५ जना घाईते भएको स्थानीयको दाबी छ।

 अहिले मोतीपूर तनाबग्रस्त छ। प्रशासनले अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा तनाब सिर्जना भएको हो। 


प्रहरीले अस्थायी रुपमा बनाइएका टहराहरु भत्काउन खोज्दा झडप भएको हो।

बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो।

प्रशासनले तीन दिनदेखि रातीमा टहराहरु भत्काइदिदैं आएको थियो।

तर, त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले आज बल प्रयोग गरेको हो।


जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्याश गर्दा स्थानीयले शशक्त विरोध गरेका थिए।