दाङमा एकीकृत समाजवादीका जिल्ला नेता नेकपामा प्रवेश

हेमन्त प्रकाश वली । दाङ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) दाङ जिल्ला कमिटी सदस्य विरेन्द्र प्रतीक रोकाले पार्टी परित्याग गरि विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेको घोषणा गरेका छन् ।

रोकाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै नेता नेपालमा संसदीय व्यवस्था सैद्धान्तिक र व्यवहारिक दुवै हिसाबले असफल सिद्ध भइसकेकाले संसदीय व्यवस्थाको चरम संकट र असफलताको कारणले देश र जनताको अवस्था दिनानुदिन दयनीय र कष्टकर बन्दै गइरहेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा संसदीय व्यवस्थाको विकल्पमा एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत वैज्ञानिक समाजवाद प्राप्तिको दिशामा दृढतापूर्वक अघि बढेको नेत्र विक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेको जनाइएको छ ।