नेकपा प्युठानद्वारा भित्तेलेखन– जनमत सङ्ग्रहको अधिकार प्रदान गर !

जिल्लाको विभिन्न स्थानमा भित्तेलेखन 

नेकपा प्युठानद्वारा भित्तेलेखन– जनमत सङ्ग्रहको अधिकार प्रदान गर !

प्युठान । नेपाल कम्युनिस्ट पार्टी प्युठानले जिल्लाको विभिन्न सार्वजनिक स्थानमा भित्तेलेखन कार्यलाई तिव्रता दिएको छ । 

शनिबार जिल्लाको माण्डवी गाउँपालिकामा जनतालाई जनमतसंग्रहको अधिकार प्रदान गर !, पुँजीवादी सत्ताको विकल्प वैज्ञानिक समाजवाद !, एकीकृत जनक्रान्ति जिन्दावाद !, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद !, दलालहरू होसियार लगायतका नाराहरू लेखेको नेकपा प्युठानले बताएको छ । 

नेकपाले प्रतिबन्ध फुकुवा पश्चात् विकास गरेको नयाँ कार्यनीति अन्तर्गत जनमत सङ्ग्रहको कार्यक्रमलाई लिएर वैज्ञानिक समाजवादको पक्षमा जनमत निर्माण गर्न देशव्यापी रुपमा व्यापक प्रचारप्रसार र संघर्षका कार्यक्रमहरू गर्दै आइरहेको छ ।