नेकपाद्वारा तीन बुँदे सहमति कार्यान्वयनका लागि देशभर आन्दोलन

बुटवल । नेपाल कम्युनिस्ट पार्टीले राज्यसँग गरेको ३ बुँदे सहमति कार्यान्वयनका लागि देशभर आन्दोलनका कार्यक्रम गरेको छ । ३ बुँदे सहमति कार्यान्वयन, सम्पूर्ण राजबन्दी रिहाइ र झुट्टा मुद्धा खारेज गर्न दबाब दिनको लागि नेकपाले सोमबार आन्दोलनका कार्यक्रम अन्तर्गत देशभरका जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउने, धर्ना दिने कार्यक्रम गरेको बताएको छ ।

केन्द्रीय घोषित कार्यक्रम अनुसार असोज २० गते देशव्यापी जनप्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।