जनपत्रकार सङ्गठनको केन्द्रीय टोलीद्वारा पश्चिम नेपाल सीमामा अवलोकन भ्रमण 

जनपत्रकार सङ्गठनको केन्द्रीय टोलीद्वारा पश्चिम नेपाल सीमामा अवलोकन भ्रमण 

गणेश एसके । कञ्चनपुर । जनपत्रकार सङ्गठन नेपालको केन्द्रिय संयोजक सहितको टोलीले नेपालको पश्चिमी सीमा कञ्चनपुर जिल्लाको ब्रहमदेब नजिक टनकपुर बाँध, बनबसा पुल, गड्डाचौकी नाका हुँदै महाकाली नदीसम्मको सीमा क्षेत्र तत्कालीन र वर्तमान परिस्थितिबारे स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्दै त्यहाँको अवस्थाबारे शनिबार जानकारी लिँदै अवलोकन भ्रमण गरेको छ ।

देशैभर एउटा समस्याको रूपमा रहँदै आएको सीमा विवाद कञ्चनपुर जिल्लामा पनि सधैंझै गम्भीर संकटको रूपमा रहँदै आएको छ । सीमा अतिक्रमण जसले दैनिक कञ्चनपुरका सीमा नजिकका स्थानीय बासीलाई ब्युझाउँदै आएको विषय हो । यो देशको राज्य व्यवस्था, देशको नेतृत्वमा बुसेका शासकहरू कहिले पनि आफ्नो राष्ट्रको राष्ट्रियता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र स्वतन्त्रको लागि कुनै पनि काम नगरेको स्थानीयको गुनासो थियो । सीमा नाकाहरुमा राज्यको प्रशासनको उपस्थिति रहे पनि ती प्रशासनहरूले राज्य, नागरिकका लागि गर्नुपर्ने जिम्मेवारी पूरा नगरेको र सीमामा आइपर्ने समस्याहरूमा स्थानीयहरुले आफ्नो स्वामित्वमा नै असहज परिस्थितिको विरुद्ध त्यहाँका नागरिकले संघर्ष गर्दै आइरहेका थिए । विगतमा दुई छिमेकी देशबीच भएका सर्वोपरि हितका विषयहरू सकारात्मक ढंगले कार्यान्वयनमा नआउनुले बेला बेलामा समस्या निम्त्याएको स्थानीय बासीको भनाई थियो ।

साथै दार्चुला जिल्लाको व्यास गाँउपालिका–२ मालघाटबाट ३५ वर्षिय नेपाली युवा जयसिँह धामी महाकाली नदी तुईनमा तरेर भारतको उत्तराखण्ड राज्यस्थित पांगल जाने क्रममा भारतीय सिमा सुरक्षा बलले तुईन खोलेका कारण नदीमा खसेर हालसम्म वेपत्ता भएको घटना मानवता, जनअधिकार एवं स्वतन्त्रता र राष्ट्रिय स्वाधिनता प्रवर्धनको दृष्टिकोणले गम्भीर, अक्षम्य र निन्दनीय रहेका र यस्ता घटनाहरू नेपाल भारत सीमा नाकाहरुमा बेला बखत भइरहने हुँदा कञ्चनपुर जिल्लाको सीमाको यथार्थ अवस्था बुझ्न जनपत्रकारको टोली त्यहाँ पुगेको बताइएको छ ।

जनपक्षीय तर्फबाट कलम चलाउने कलमजिवीहरुले अवलोकन गरेर सत्यतथ्य सूचना सम्प्रेषण गर्नु राष्ट्र र राष्ट्रियताको विषयमा सही र सकारात्मक संकेत रहेको जनपत्रकार सङ्गठन नेपालका केन्द्रीय संयोजक शेर बहादुर विश्वकर्माले बताए । 

उक्त अवलोकन भ्रमण कार्यक्रममा जनपत्रकार सङ्गठन नेपालका केन्द्रीय संयोजक शेर बहादुर विश्वकर्मा, सोही सङ्गठनका सेती महाकाली ब्युरो संयोजक प्रकाश थापा, कञ्चनपुर संयोजक गणेश एसके, कैलाली जिल्ला सदस्य पुस्पा साउद लगायत भुवन कुँवरसहित टोलीको सहभागीता रहेको थियो ।