युवा संगठन नेपाल सर्लाहीद्वारा लागू औषध दुर्व्यसनीविरुद्ध विरोध प्रदर्शन

युवा संगठन नेपाल सर्लाहीद्वारा लागू औषध दुर्व्यसनीविरुद्ध विरोध प्रदर्शन

सर्लाही । नेकपाको सहायक संगठन युवा संगठन नेपाल सर्लाहीद्वारा लागू औषध दुर्व्यसनीविरुद्ध विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा युवा संगठन नेपालका निर्वतमान केन्द्रीय उपाध्यक्ष दिनेश, नेकपाका जिल्ला सेक्रेटरी कमल सुस्लिङ, युवा संगठन नेपाल जनकपुर ब्यूरो इन्चार्ज विचारमान थिङ, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो संयोजक पदम मगर, तामाङ मुक्ति मोर्चा सिन्धुली जिल्ला संयोजक लवाङसिंह, युवा संगठन नेपाल सर्लाही जिल्ला सदस्य तारा लामा लगायतको उपस्थिति रहेको थियो ।

संगठनका निर्वतमान केन्द्रीय उपाध्यक्ष दिनेश दिनेशले लागू औषध दुर्व्यसीले युवाहरुको भविष्य निस्तेज पारिरहेको बताए । उनले युवाहरूलाई आफ्नो भविष्यमाथि आफै खेलवाड नगर्न आग्रह गदै वर्तमान दलाल राज्यसत्ताका विरुद्ध संघर्ष गर्नुपर्ने धारणा राखेका थिए । 

युवा संगठन नेपाल जनकपुर ब्यूरो इन्चार्ज विचारमान थिङले युवाहरूलाई संसदीय व्यवस्थाले लागुऔषध, मादक पदार्थ खुवाएर आफ्नो चुनावको प्रचारप्रसारमा लगाएको आरोप लगाएका थिए । उनले जनमत सङग्रह मार्फत वैज्ञानिक समाजवादी राज्यसत्ता निर्माणको अभियानमा साथ दिन सबै जनसमुदाय, श्रमिक जनतालाई अपिल आह्वान गरेका थिए ।