सैनामैनामा गणतान्त्रिक खेलकुद महासङ्घ गठन, अध्यक्षमा बुढाथोकी

बुटवल । नेपाल गणतान्त्रिक खेलकुद महासंघ सैनामैनाको भेला भएको छ ।  भेलाले असीम बुढाथोकीको अध्यक्षतामा १२ सदस्यीय नगर कमिटी गठन भएको छ । 

नगरसमितिको उपाध्यक्षमा योगेन्द्र क्षेत्री, सचिव आविस पौडेल, सहसचिव अमित कुँवर, कोषाध्यक्ष लालबहादुर विक र सदस्यहरु विवेक गुरूङ, निशान मगर, सिद्धान्त कँडेल, विशाल परियार, आकाश थापा, अम्मर गुरूङ, ज्ञानबहादुर थापा क्षेत्री, अनिश बुढाथोकी रहेका छन् । 

महासङ्घलाई युवा संगठन नेपाल रूपन्देहीले भलिबल र नेट प्रदान गरेको छ । संगठनका निवर्तमान केन्द्रीय महासचिव सागर र जिल्ला अध्यक्ष सन्तोष सुवेदीले महासंघलाई भलिबल र नेट प्रदान गरेका थिए । महासङ्घले सैनामैनामा खेलकुद क्षेत्रलाई व्यवस्थित सञ्चालन र युवाहरुलाई केन्द्रीत गर्ने सचिव थापा मगरले बताए ।