रूपन्देहीको शुद्धोधन गाउँपालिकामा युवा संगठन नेपालको वार्ड कमिटी

रूपन्देहीको शुद्धोधन गाउँपालिकामा युवा संगठन नेपालको वार्ड कमिटी

बुटवल । युवा संगठन नेपाल शुद्धोधन गाउँपालिका वडा नं. ६ को भेला सम्पन्न भएको छ । भेलाले फूलचन्द्र लोधको अध्यक्षतामा ९ सदस्यीय वडा कमिटी गठन भएको छ । 
भेलामा युवा संगठन नेपाल चौथो राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य तथा निवर्तमान महासचिव सागरले युवाहरु एकीकृत जनक्रान्तिमा गोलबन्द भएर आजको दलाल पुँजीवादका विरुद्ध संघर्ष गर्नुपर्ने बताए । 

संगठनका जिल्ला अध्यक्ष तथा शुद्धोधन र सियारी गाउँपालिकाका सेक्रेटरी सन्तोष सुवेदीले समाजमा देखिएको विसंगति, स्थानीय निकायमा देखिएको भ्रष्टाचारी र ढिलासुस्ती विरुद्ध संघर्ष आवश्यक भएको बताए । 

कार्यक्रमको सञ्चालन संगठनका जिल्ला सचिव भक्त थापा मगरले गरेका थिए ।