अखिल (क्रान्तिकारी) सुदुरपश्चिम विश्वविद्यालयको सम्मेलन 

गणेश एसकेको नेतृत्वमा २५ सदस्यीय इकाई कमिटी चयन

अखिल (क्रान्तिकारी) सुदुरपश्चिम विश्वविद्यालयको सम्मेलन 

कैलाली गणेश । एसके । अखिल (क्रान्तिकारी) सुदुरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस अध्यक्ष गणेश एसकेको नेतृत्वमा २५ सदस्यीय इकाई कमिटी चयन गर्दै पाँचौं इकाई सम्मेलन सम्पन्न भएको छ । जसको उपाध्यक्षमा पुष्पा धामी, सचिवमा बिनोद एसके, सह-सचिवमा प्रकाश लुहार, कोषाध्यक्षमा खडक बिष्ट चयन भएका छन् ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) सेती महाकाली ब्युरो संयोजक विरेन्द्र शाहले देशको दलाल पूँजीवादी शिक्षा प्रणालीलाई खारेज गरी वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि संघर्ष गर्नुपर्ने बताए । आफ्नो पार्टीले भनेको वैज्ञानिक समाजवाद जनमत संग्रह मार्फत स्थापना गरी सबै किसिमका शैक्षिक समस्याहरूको हल गर्नुमा संगठनको महत्वपूर्ण भूमिका रहने उनको भनाई थियो । 

कञ्चनपुर जिल्ला पार्टी सचिव जीवनले पार्टीको नीति कार्यक्रम, कार्ययोजना र विद्यार्थी संगठनको भूमिकाको बारेमा प्रस्ट्याएका छन् । 

अखिल (क्रान्तिकारी) का सेती महाकाली ब्युरो सदस्य ललित एसकेले बधाई मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा अखिल (क्रान्तिकारी) सदुरुपश्चिम विश्वविद्यालयका इन्चार्ज नरेन्द्र भाट, युवा संगठनका केन्द्रीय सदस्य भुवन कुँवरसहितका नेताहरुको सहभागिता रहेको थियो ।