कञ्चनपुरमा एक युवक बेपत्ता, सम्पर्कमा ल्याउन सबैमा अपिल 

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. ७ घर भएका टिका सार्कीका छोरा १७ वर्षीय हिरा सार्की बेपत्ता भएका छन् । उनका घर परिवारका अनुसार यही २८ गते दिउँसो करिब २ बजे घरबाट बाहिर तिर निस्केका र खोजतलास गर्दा अहिलेसम्म नभेटिएको उनी बताउँछन् ।

मानसिक रूपमा अस्वस्थ रहेका ती युवक देख्नमा ५.५ फिट अग्लो र खैरो सर्ट, कालो पाइन्ट लगाएको उनका घरका बुबाले बताए । ती बेपत्ता युवक राम्ररी बोल्न पनि नसक्ने छन् । आम सबै नागरिकलाई आफ्नो बेपत्ता छोरालाई खोज्न र सम्पर्कमा ल्याउनलाई सहज गर दिन बेपत्ता युवकका बुबा टिका सार्कीले हार्दिक अपिल गरेका छन् ।

कतै भेटिए नजिकको प्रहरी कार्यालय अथवा 9848460461 नम्बरमा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।