जनपत्रकार संगठन बझाङको अध्यक्षतामा अनिल तिरुवा

तिरुवाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति निर्वाचित

जनपत्रकार संगठन बझाङको अध्यक्षतामा अनिल तिरुवा

बझाङ । जनपत्रकार संगठन नेपाल बझाङको प्रथम भेला सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम चैनपुरमा भएको उक्त भेलाले अनिल तिरुवाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । 

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका बझाङ जिल्ला सेक्रेटरी बिराट र विशिष्ट अथितिमा जनपत्रकार संगठन नेपाल सुदुरपश्चिम प्रदेश समितिका संयोजक प्रकाश थापा लगायतको व्यापक उपस्थिति रहेको थियो ।