नेकपासहित २२ दलीय मोर्चाद्धारा सिडियोमार्फत संघीय संसदलाई ज्ञापनपत्र

नेकपासहित २२ दलीय मोर्चाद्धारा सिडियोमार्फत संघीय संसदलाई ज्ञापनपत्र

बुटवल । नेकपासहित २२ दलीय मोर्चाद्धारा एमसीसी सम्झौता पास नगर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत् संघीय संसदलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा सम्झौतामा असमान, अपमानजनक प्रावधान राखिएको भन्दै यसले नेपालको परराष्ट्र नीति र नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप अतिक्रमण गरेको बताइएको छ । एमसीसी सम्झौता आइपीएसको अभिन्न अंग भएको भन्दै यसलाई नेपालको संसदबाट कुनै हालतमा पास गर्न नहुने बताइएको छ ।  

ज्ञापनपत्रमा भनिएको छ, “यदि संसद्मा अनुमोदनका लागि पेश भएको खण्डमा सम्पूर्ण माननीय साँसदहरूलाई एमसिसि सम्झौताको बिपक्षमा मतदान गर्न आमजनसमुदायको तर्फबाट विनम्रतापूर्वक अनुरोध गर्दछौं । एमसिसि सम्झौताको कारण नेपाल र नेपली जनतालाई पर्ने क्षतिको मूल्य चुकाउन तयार रहन पनि यहि ज्ञापनपत्र मार्फत जानकारी गराउन चाहन्छौ ।”

ज्ञापनपत्रमा नेकपाका सेक्रेटरी विश्वास, नेकपा मसाल, नेकपा क्रान्तिकारी माओवादीका विनोद मरासिनी, राष्ट्रिय जनमोर्चाका टानबहादुर खत्री, नेकपा मालेका रघुनाथ अर्याल, देशभक्त जनगणतान्त्रिक मोर्चाका रामप्रसाद शर्मा, विवेकशील साझा पार्टीका केशवराज खनाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका डोलराज विश्वकर्मा, राष्ट्रिय जागरण परिषदका चित्रबहादुर थापा, राष्ट्रिय स्वाधीनताका लागी नागरिक मञ्चका अध्यक्ष पदम कार्कीले हस्ताक्षर गर्नुभएको छ ।