अर्घाखाँचीमा 'अर्घा सांस्कृतिक परिवार'को भेला, संयोजकमा पदम नेपाली

सन्धिखर्क । अखिल नेपाल जनसांस्कृतिक महासंघ अन्तर्गत अर्घाखाँचीमा 'अर्घा सांस्कृतिक परिवार' को तेस्रो जिल्ला भेला सम्पन्न गरिएको छ ।

भेलाले पदम नेपालीको संयोजकत्वमा २१ सदस्यीय कमिटी गठन गरेको छ । जसको सहसंयोजकमा गिता नेपाली रहेका छन् भने सदस्यहरूमा राज खड्का, रचना सुनार, मन्दिरा मगर, गणेश बिक, बिजय नेपाली, रोशन नेपाली, सीता मुखिया, सन्जु सुनार, अर्जुन सुनार, रबिन नेपाली, कबिता नेपाली, जुना नेपाली, संगीता नेपाली ,रबिन नेपाली ,गणेश नेपाली, बिजय नेपाली, प्रेम बिश्वाकर्मा रहेका छन् ।

भेलालाई सम्बोधन गर्दै नेकपा अर्घाखाँचीका सेक्रेटरी खेम घर्तीले सांस्कृतिक हस्तक्षेप बिरूद्व गीत संगीतमार्फत निरन्तर संघर्ष गर्नुपर्ने बताए । सेक्रेटरी घर्तीले पार्टीको नयाँ कार्यनीति प्रगतिशील संयुक्त सरकार र जनमत संग्रह हुँदै वैज्ञानिक समाजवादको राजनीतिक लक्ष्य पुरा गर्न परिवारको भूमिका अग्रणी हुने बताए । भेलामा नेकपाका जिल्ला नेता गोबिन्द खनाल, अखिल (क्रान्तिकारी) जिल्ला इन्चार्ज नवीन खड्का, जनपत्रकार संगठन नेपाल जिल्ला अध्यक्ष आयन बिक, अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष बाबुराम एसकेले बोलेका थिए ।

पदम नेपालीको अध्यक्षता, सरू सुनारको संचालन र रचना बिकको स्वागत रहेकोे थियो । अर्घा सांस्कृतिक परिवार २०५९ सालमा गठन भएको थियो । परिवारले जनयुद्धकालमा अर्घाखाँचीमा सांस्कृतिक क्षेत्रबाट महत्वपूर्ण भूमिका खेलेको थियो । नबनिर्वाचित संयोजक पदम नेपालीले जिल्लामा नयाँ सांस्कृतिक आन्दोलनलाई अगाडि बढाउने बताए ।