जित हुन्छ साहसीको

-दुर्गालाल तिवारी

फूल त फुल्छ धर्तीमा कहाँ फुल्न सक्छ र आकाशमा
चम्किन्छन् तारा गगनमा कहाँ चम्किन सक्छ र धर्तीमा ?
आउँछ बास्ना मगमग फूलको कहाँ आउँछ र उनिँयुको
छोपिन्छ चन्द्र औँसीमा हेर झलमल हुन्छ पुनियुको 

आफ्नामा भए सज्जन हुन्छन् चाहे होस् त्यो दुष्टनै 
नियम लाग्छ सोझा जनतालाई लाग्दैन कानुन भष्ट्रलाई
भोकाको लागि सातुको नास्ता छतबाट खोलि बाड्नेलाई
जनताले एकदिन लाउनेछन् ठेगान शहिदको रगत भुल्नेलाई

उठ्नेछन् जब राता मान्छेहरु बाँधेर टाउकामा कफन 
तब बढ्न थाल्नेछ सामन्तको मुटुको धड्कन
हुन्छ जित साहसीको गद्दारको कहिल्यै जित हुँदैन 
गुमाउछ सर्वश्व साहसीले तर कहिल्यै आँसु बगाउदैन ।
 
देवदह, ५ रुपन्देही