१३ वर्षकी बालिकामाथि जबर्जस्ती गर्ने युवक पक्राउ

पाल्पा । तानसेनमा एक जना बालिकामाथि जबर्जस्ती करणी भएको छ । रैनादेवी छहरा गाउँपालिकाका २३ वर्षका पुरुषले १३ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको छ ।

गत साउन १९ गते बालिकाको घरनजिकै तानसेनमा डेरामा बस्ने ती युवकले बालिकालाई जबर्जस्ती गरेको उजुरीका आधारमा युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो । उक्त घटनाको थप अनुसन्धान कार्य भइरहेको बताइएको छ ।