जनमत संग्रह वैज्ञानिक समाजवादमा पुग्ने माध्यम हो : विप्लव

प्रगतिशील संयुक्त सरकारको नेतृत्व हामी गछौं : विप्लव

जनमत संग्रह वैज्ञानिक समाजवादमा पुग्ने माध्यम हो : विप्लव

१८ साउन, बुटवल । नेकपाका महासचिव विप्लवले जनमत संग्रह वैज्ञानिक समाजवादमा पुग्ने माध्यम भएको बताउनु भएको छ । जनबाटोलाई अन्तरवार्ता दिदै महासचिव विप्लवले जनमत संग्रह रणनीतिक महत्वको कार्यनीति भएको भन्दै त्यसका लागी प्रगतिशील संयुक्त संरकार बन्नुपर्ने र त्यसको नेतृत्व आफ्नो पार्टीले गर्न तयार रहेको बताउनु भएको छ । महासचिव विप्लवले भन्नुभयो, “पुँजीवाद कि वैज्ञानिक समाजवाद ? त्यो जनतालाई छान्ने अधिकार दिनुपर्छ । त्यसको नेतृत्व गर्न हाम्रो पार्टी तयार छ ।” 

महासचिव विप्लवले संसदीय व्यवस्था जनताको व्यवस्था नभएको भन्दै नेपाली श्रमिक वर्गको राज्यसत्ता वैज्ञानिक समाजवाद भएको बताउनु भयो । उहाँले ३ बुँदे सहमतिमा नेपाली सेनाको सहमति रहेको समेत बताउनु भयो ।

नेपालको कम्युनिस्ट आन्दोलनमा रणनीतिक मोर्चा बन्नु महत्वपूर्ण रहेको भन्दै यसलाई निरन्तरता दिने बताउनु भयो । महासचिव विप्लवले पार्टीलाई आत्मनिर्भर बनाउने गरी उत्पादनको कार्य अगाडी बढाइएको बताउदै अहिले केन्द्रीय कार्यालय वरिपरी मात्रै करिब ७ बिघामा उत्पादन कार्य भइरहेको बताउनु भयो । उहाँले देशभर करिब २० बिघाभन्दा बढी क्षेत्रमा उत्पादन कार्य भइरहेको समेत बताउनु भयो । 

महासचिव विप्लवले ११ औं केन्द्रीय समितिको पूर्ण बैठकसम्म उत्पादन कार्यमा गुणात्मक विकास हुने बताउँदै पार्टीलाई जनतासितै उत्पादन कार्यमा जोड्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी जनतासित सिक्ने र जनतालाई सिकाउने काम गरिरहेका छौं । अर्थात् हामी जनतासितै श्रम गरिरहेका छौं । यसले पार्टी र देशलाई स्वाधीन बनाउनेछ ।” 

पुरा भिडियो हेर्नका लागी तल क्लिक गर्नुहोस् -

जनमत संग्रह वैज्ञानिक समाजवादमा पुग्ने माध्यम हो : विप्लव

जनमत संग्रह वैज्ञानिक समाजवादमा पुग्ने माध्यम हो : विप्लव