नेकपाद्वारा भ्रष्टाचार गर्ने वडाध्यक्षलाई कालोमोसो र जुत्ताको माला

रकम फिर्ता गर्न चेतावनी

नेकपाद्वारा भ्रष्टाचार गर्ने वडाध्यक्षलाई कालोमोसो र जुत्ताको माला

गमानसिङ घर्ती । रुकुम पश्चिम ।  नेपाल कम्युनिस्ट पार्टी सानीभेरी गाउँ कमिटीले पदको दुरुपयोग गरि असारे विकासको नाममा भ्रष्टाचार गरको भन्दै वडाध्यक्षलाई जनकारबाही गरेको छ ।

सानीभेरी गाउँपालिका वडा नं. ८ का अध्यक्ष सशिराम बुढाथोकीलाई छहरे पानी तल्लो आमडाँरा सिँचाई आयोजना उपभोक्त समितिबाट ३ तीन लाख भ्रष्टाचार गरेको   स्थानीयको उजुरी आएको र उक्त उजुरीलाई आधार मानी अध्ययन गर्दा भ्रष्टाचार गरेको  पुष्टि हुन आएकाले जनगुनासोलाई ध्यानमा राख्दै कालोमोसो र जुत्ताको माला लगाई जनकारबाही गरिएको नेकपा सानीभेरी गाउँ समितिले जानकारी दिएको छ ।

नेकपाले अध्यक्ष बुढाथोकीलाई भ्रष्टाचार गरेको रकम तुरुन्त उपभोक्ता समितिलाई फिर्ता गर्न निर्देशन दिँदै उक्त रकम फिर्ता नगरिए र यस्तै हर्कत जारी राखे थप कारबाही गर्न बाध्य हुने चेतावनी समेत दिएको छ ।

जिल्लाका सबै स्थानिय तहका जनप्रतिनिधिहरुले गाउँपालिका, नगरपालिकामा चरम भ्रष्टाचार, अनियमितता गर्ने गरेको र राज्यको ढुकुटीलाई दुरुपयोग गरि आगामी निर्वाचनको तयारी गरेको व्यापक जनगुनासो उजुरी आउने क्रम जारी रहेकाले सो उजुरीलाई आधार मान्दै अध्ययन गरि भ्रष्टचार गरेको पुष्टि हुन आएमा जनकारबाही गरिने नेकपा रुकुम पश्चिमले जानकारी दिएको छ ।