अखिल (क्रान्तिकारी) द्वारा पाल्पामा प्रदर्शन

मुक्ति गैरे । पाल्पा । नेकपा निकट अखिल (क्रान्तिकारी) पाल्पाले  किसानहरुको समस्या उठाउँदै तत्काल किसानको समस्या हल गर्न माग गरेको छ । सङ्गठनको पूर्व घोषित केन्द्रीय कार्यक्रम अन्तर्गत सोमबार किसानलाई तत्काल मल, बिउको माग गर्दै पाल्पाको तानसेनमा विरोध प्रदर्शन गरेको सङ्गठनकी जिल्ला कोषाध्यक्ष कविता सारु मगरले जानकारी दिए । 

प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लङ्क मगरले राज्य किसानको समस्याप्रति गैरजिम्मेवार बनेको र तत्काल किसानको समस्या हल गर्न माग गरे । उनले नेपाल कृषि प्रधान भएकोले राज्य कृषि र किसानप्रति जिम्मेवार बन्न र किसानलाई तत्काल मल, बिउको व्यवस्था गर्न माग गरे । 

उक्त कार्यक्रम जिल्ला उपाध्यक्ष सुदिप विकको संचालनमा सम्पन्न भएको बताइएको छ ।