नेकपा कञ्चनपुरद्वारा भत्किएको रोड निर्माण 

कञ्चनपुर । नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुर भिमदत्त नगर कमिटीले भि.न.पा. ९ मा भत्किन लागेको कृषि सडकमा ग्राइबिल फिलिङ जस्ता कार्यहरू गरिरहेको छ ।

नगर इन्चार्ज खडक धामी, समाजसेवी रगबहादुर कार्की र  युवाहरुले भत्किन लागेको सडकमा ग्राईबिल फिलिङ गर्ने कार्य गरिरहेकोे कञ्चनपुर युवा नेता दिपेन्द्र सिंह एरिले बताए ।

देशव्यापी रुपमा कोरोना भाइरसले आक्रान्त पारिरहेको विषम परिस्थितिमा नेकपा कञ्चनपुर निरन्तर समाजिक कार्यमा लागिरहेको र जनताको जीवन रक्षाको लागि जनचेतामूलक सन्देशहरूसमेत प्रवाह गरिरहेको इन्चार्ज धामीले बताए ।