शिवगढीमा निर्माणाधीन जनस्वास्थ्य सेवा केन्द्रका लागि विभिन्न संघसंस्था र व्यक्तिबाट सहयोग प्रदान

शिवगढीमा निर्माणाधीन जनस्वास्थ्य सेवा केन्द्रका लागि विभिन्न संघसंस्था र व्यक्तिबाट सहयोग प्रदान

शिवगढी । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ शिवगढीमा निर्माणाधीन जनस्वास्थ्य सेवा केन्द्र अस्पतालका लागि विभिन्न संघसंस्था र व्यक्तिहरुले सहयोग गरेका छन् ।

१५ शैयाको  निर्माणाधीन अस्पताल निर्माणका लागि कल्याणकोट सा.ब.उ.समितीमार्फत नगद रू. ५०,०००, रुपन्देही बुटवल, तिलोत्तमाका व्यवसायी भिम उपाध्यायले रू. २५,०००, नेपाल ट्याक्टर व्यवसायी समिती शिवगढी भगवानपुरबाट ढुंगा २७ ट्राली (रू.८१,०००) बराबर, मिस्कट बालुवा २५ ट्राली (रु. ५०,०००) बराबर, मिन बहादुर केसीले रु.१७,५०० बराबरको गिट्टी, जनश्रमदानमा लेबरतर्फ १४० दिनको पारिश्रमिक रु. ७७०००, मिस्त्रीतर्फ २० दिनको पारिश्रमिक रु. १७,००० गरि कुल ३ लाख १७ हजार ५०० बराबरको सहयोग भएको निर्माण समितिका अध्यक्ष यादव चन्दले बताए ।

शिवगढीबासी सँगै सम्पूर्ण नगरबासीलाई शुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले जनस्वास्थ्य सेवा अस्पतालको निर्माण हुन लागेको निर्माण समितिका अध्यक्ष चन्दले बताए । शिवगढीबासी नागरिकको स्वतस्फूर्त सहयोगबाट छिट्टै निर्माण काम सम्पन्न हुनेमा चन्दले विश्वास व्यक्त गरे । 

विभिन्न संघ संस्था, व्यवसायी र स्थानियबाट भवन निर्माणमा सहयोग जुट्दै गरेको स्थानिय युवा बिक्रम केसीले जानकारी दिए ।