शिवराजमा युवाहरुद्वारा दीप प्रज्वलन !  

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीको अग्रभागिय सङ्गठन  युवा सङ्गठन नेपाल जिल्ला समिति कपिलवस्तुको आयोजनमा शिवराज नगरपालिका–५ चन्दरौटामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।                                                 

कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका सम्पूर्ण नागरिकहरुको सम्झनामा दीप प्रज्वलन कार्यक्रम गरिएको युवा सङ्गठन नेपाल कपिलवस्तु जिल्ला अध्यक्ष  बादलले बताए ।

कार्यक्रममा युवा संगठन नेपाल शिवगढी गाउँ समिति इन्चार्ज पावेलले सङ्गठन कोरोना माहामारीको विषम परिस्थितिमा जनसेवा, जनश्रमदान, रक्तदान, विपन्न परिवारलाई आर्थिक सहयोग गर्ने अभियानमा निरन्तर सक्रिय रहेको बताए ।

दीप प्रज्वलन कार्यक्रममा युवा संगठन नेपाल कपिलवस्तु  नगर समितिका जिम्मेवार नेता–कार्यकर्तालगायतको सहभागिता रहेको थियो ।