युवा संगठन नेपाल सिन्धुलीले गर्यो दीप प्रज्वलन 

सिन्धुली । नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल, सिन्धुलीले कोरोना भाइरसबाट ज्यान गुमाएका सम्पूर्ण नागरिकको सम्झनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । 

सङ्गठनको केन्द्रीय कार्यक्रमअनुसार युवा सङ्गठन नेपाल सिन्धुली जिल्ला अध्यक्ष तेजबहादुर पाख्रीनको नेतृत्वमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको सङ्गठनका केन्द्रीय सदस्य विचारमान थिङले बताए । 

कार्यक्रममा युवा सङ्गठनका नेता तथा कार्यकर्तालगायत स्थानीय जनसमुदायहरुको पनि उपस्थिती रहेको थियो ।

कार्यक्रममा अध्यक्ष पाख्रीनले सबै मिलेर कोरोना विरुद्धको लडाइँ लड्नुपर्ने र परास्त गर्नुपर्ने बताए । उनले सरकारले कोरोना संक्रमित जनताको उचित उपचार अथवा खोपको व्यवस्थापनको साटो  दलाल संसदीय व्यवस्थाभित्रको  घिनलाग्दो व्यवहार जनतालाई देखाईरहको बताए । उनले जनताको मुख्य समस्या संसदीय व्यवस्था रहेकाले अब दलाल पुँजीवादी संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्थाको बाटोमा  सबै युवा, विद्यार्थी र जनसमुदाय एकजुट भएर अगाडि बढ्नुपर्ने बताए ।