आलिताल गाउँपालिकाले निशुल्क औषधि वितरण गर्ने 

विशेषत : दिर्घरोगि र जेष्ठ नागरिकहरुलाई निशुल्क औषधि वितरण गरिने

आलिताल गाउँपालिकाले निशुल्क औषधि वितरण गर्ने 

डँडेल्धुरा : डँडेल्धुरा जिल्ला अन्तर्गत रहेको आलिताल गाउँपालिकाले दिर्घरोगि र जेष्ठ नागरिकहरुलाई निशुल्क औषधि वितरण गर्ने भएको छ । कोरोना महामारीले सिंगो जनसमुदाय आक्रान्त बनेको परिस्थितीमा पालिकाले निशुल्क औषधि वितरण गर्ने निर्णय गरेर महत्वपूर्ण काम गरेको स्थानियहरु बताउँछन् ।

लामो समयसम्म औषधि सेवन गर्दै आएका धेरै नागरिकहरु पालिकाको यो निर्णयले निकै हर्षित भएका छन् । जनबाटो अनलाइनले गरेको एकजना बिरामिसंगको कुराकानिमा उनले भने ‘म नशा सम्बन्धि बिरामि छु, मैले विगत १० वर्षदेखि औषधि सेवन गर्दै आएको छु, यो बिरामीको उपचारमा मैले धेरै अस्पाताल धाए , भारतको बरेलि, लखनउ, सितारगंज, र नेपालको काठमाण्डौँ सम्मका विभिन्न ठूला ठूला अस्पतालमा उपचार गरे तर निको भएन, विकल्पमा अहिले लामो समय देखि औषधि सेवन गर्दै आएको छु । केहिदिन यता मैले सेवन गर्ने औषधि सकिएर स्वास्थ  बिग्रदैँ गएको छ,  धनगढिबाट मगाउनुपर्ने उक्त औषधी लकडाउनका कारण मगाउन सकिरहेको थिएन तर अब गाउँपालिकाले हामि निशुल्क घरमै औषधी पुर्याउछौ भन्दा म निकै खुसी भएको छु ।’ 

पालिकाले यस्ता किसिमका दिर्घ बिरामिहरुलाई  डाक्टरको सल्लाह (औषधिको पर्जि ) लिएर यथाशिघ्र आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न आह्वान गरेको गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले जानकारी दिए । हाल कोरोना महामारीले सिंगो विश्व नै आक्रान्त बनेको बेलामा यस महामारीलाई नियन्त्रण गर्न देशका अधिकांश  जिल्लामा लकडाउन गरिएको छ । लकडाउनको मारमा परेका  लामो समयदेखि औषधि सेवन गर्दै आएका नागरिकहरुको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै यो कामको थालनी गरिएको उनले बताए । अध्यक्ष गुरूङले जेष्ठ नागरिक र दिर्घ रोगिहरुले आफूले सेवन गर्दै आएको औषधि को पर्जि डाक्टरको प्रेसकिप्सन लिएर आफ्नो वडा कार्यालयमा ५ दिनभित्र सम्पर्क गर्न अनुरोध समेत गरेका छन् ।