कोरोना संक्रमितको अनुभूति !

सरु डीसी । १८/१९ दिन पश्चात कोरोना भाइरससंग मेरो शरीरले गरेको निरन्तर सङ्घर्ष पछि अब बिस्तारै केही दिनमै छिटै निको हुन्छ र पक्कै बाँचिन्छ भन्ने पूर्ण आशा गर्न थालेकी छु ।

यसबीचका दिनहरुमा कोरोना भाईरसलाई जसरी मैले भोगे । जति मलाई यसले दुःख दियो यी सबै भोगाई र अनुभव अरूले पनि बुझ्ने र जान्ने मौका होस् र स्वयं आफैलाई पीडा कमको लागि केही राहात अनुभूति होस् भनेर केही लेख्ने जमर्को गर्दै छु ।

जब सुरुको दिन मलाई घाँटीमा केही अड्किएको महसुस भयो । त्यस लगत्तै हल्का खोकी सुरु हुन थाल्यो । यसैबीच तत्कालै शरीरमा उच्च ज्वरोका साथै टाउको अत्यधिक दुख्ने समस्या आयो । यतिन्जेलसम्म मैले तुरुन्त स्थानीय स्वास्थ्य चौकी गोल्टाकुरीबाट यी लक्षण अनुसारकोे औषधी लिएर खान सुरुवात गरी सकेकी थिए ।

फेरि अकस्मात सम्पूर्ण शरीर अत्यधिक दुख्ने क्रम सुरु भयो । यो सबै हुँदै गर्दा ज्वरो टाउको दुख्ने खोकी लाग्ने झन –झन बढ्न थाल्यो । खाँदै गरेको औषधीले निको हुने कुनै सम्भावना नै देखिएन तसर्थ दोस्रो पटक फेरी प्राइभेट मेडिकलमा गएर औषधि लिएर खान थाले, त्यस पछि ज्वरो आउने टाउको दुख्ने समस्यामा केही राहात मिले जस्तो अनुभूति गरे तर, यता शरीर दुख्ने खोकी लाग्ने समस्या कम हुन सकेन ।

यो सबै भएको करीब ४/५ दिन भै सकेको थियो । फेरि अर्को समस्या आउन थाल्यो । त्यसदिन पछि जिब्रोले पिरो भन्दा बाकी अरु खानाको स्वाद थाहा पाउन पटकै बन्द गरिसकेको थियो । अब एक्कासी खाना मिठो हुन छोडी सकेको थियो जे जुन खाना खाए पनि त्यसलाई निलेर पेट सम्म पुर्याउन मुस्किल हुन थाल्यो ।

यो सबै भैरहदा सास फेर्न पनि गाह्रो भएको महसुस हुन हुन थाली सकेको थियो। हुनत सुरुको दिन देखि नै कोरोना लागेपछि कसरी केके गर्ने कसरी आफ्नो ख्याल गर्ने भन्ने कुरा जानकारी भएअनुसार गर्दै आएपनि केही दिन मै त्यो सबै गर्न म न सक्ने अवस्थामा पुगी सकेको थिए । घरमा भएका हामी चार जना मेरो आमा,बुवा,छोरो मध्ये म सँगै आमा पनि यो रोग बाट ग्रसित हुनुहुन्थ्यो । आमाले पनि मैले भोगे जस्तै यस्ले दिएका कैयौ कष्टहरु भोगी रहनु भएको थियो । बुवा र छोरोलाई यस्को त्यस्तो गाह्रो हुने गरी कुनै प्रभाव परेको थिएन । त्यसैले हामीलाई अब हेर विचार गर्ने जिम्मा बुवा र छोराको थियो ।

उहाँहरुले आमा र मलाई हेरविचार गर्न कहीँकतै कुनै कसर बाकी राख्नु भएन । यो विरामीको समयमा दश बर्षे छोराले मलाई र आमालाई हेर विचार गरेको सम्झिदा अझै पनि मलाई छोराको प्रशंसा गर्न मन लाग्छ ।

विरामीको यो सबै लक्षण यति धेरै पीडा महसुस भए सँगै मलाई यो कोरोना नै हो भन्ने लागे पनि यो समय सम्म हाम्रो कुनै चेक जाँच गरिएको थिएन । र त्यो संभब पनि थिएन अर्थात टेस्ट गर्ने कुरा हाम्रो पहुँचमा थिएन ।

यस्तो लक्षणको समस्या हाम्रो घरमा मात्रै थियो अरु अन्य छिमेक मा पनि कैयौ मान्छेहरु यसरी नै ग्रसित थिए । सायद यो सबै अवस्था स्थानीय सरकारका कान सम्म राम्रैसँग पुगेको थियो नै होला । तर, पनि चेक जाँचका लागि हप्तौं किन लाग्यो । यो स्थानीय सरकारले जिम्मेवारी लिने कुरा हो । किनकि यो महामारीमा आफ्ना जनताको स्वास्थ्य बिग्रदा पनि टेस्ट किन हुन सक्दैन् ।

म आफु अहिले पनि कोभिडसंग जुधिरहेको छु यो बिचमा आफुलाई सहज बनाउन पनि केही लेख्न अझ मन लागिरहेको छ । मेरो श्रीमान यतिबेला विदेश हुनुहुन्छ । उहालाई मैले यो सब कुरा सुनाएर सम्पूर्ण हामीले भोगेका पीडाहरु जसको तस् भन्नु हुँदैन भन्ने लाग्यो । किनकि जे छ त्यही छर्लङ्गै जानकारी गराए भने यो खबरले उहाँलाई थप चिन्ता हुन्छ भन्ने ठानेको थिए ।

तर, मन ले नमाने पछि आफुहरुले भोगेको पिडा सबैे श्रीमान लाई जानकारी गराए । जानकारी गराए संगै उहाले हामीहरुलाई आफ्नो मनोवल उच्च बनाउन र खानपिनमा बिशेष ध्यान दिन सुझाव दिनुभयो ।

त्यसपछि निरन्तर उंहाले दिनमा ३ ÷४ पटक फोन गरेर हामीलाई सम्झाउनु हुन्थ्यो । म उहाँको कुरा सुनिरहन्थे मन मनै दङ्ग खुसी हुन्थे । यस्तो लाग्छ सायदै मैले श्रीमानबाट जे जति माया वर्षो देखि पाउँदै आएको छु लाग्दैन म जति अरु कोही भाग्यमानी श्रीमती होला भनेर ।

यसबीचको दौरानमा मैले अझै उहाँको माया सम्झना हौसला कत्ति पाए, पाए । म सबे शब्दमा बयान गर्न सक्दिन । उसोत मेरो श्रीमानले सामान्य अवस्था मा भन्दा बिरामीको बेला दुई गुना माया अनि धेरै ख्याल गर्नु हुन्छ यो विषम परिस्थितिमा झनै सम्झिने माया गर्ने ख्याल न राख्ने त कुरै भएन।

मेरो घरको दाई कैलाली हुनुहुन्थ्यो, दिदी तुलसीपुरमा । यो बिचमा हाम्रो हेरविचार गर्दा बुवा र छोरो पनि बिस्तारै कमजोर हुन थाल्नु भयो । यसै बीच मलाई यस्तो लाग्यो अब हामीलाई थप हेरचाहको आबश्यक्ता खड्किन थाल्योे ।

बुवाले घरको सम्पूर्ण काम एक्लै गर्नु पर्दा बुवा कमजोर हुन थाल्नु भयो । बुवा र छोरोलाई पनि कोरोनाको लक्षण देखिन सरु भयो । अब थप मदतको लागि अरु कसैलाई गुहार्नु भन्दा हामीसँग अर्को कुनै बिकल्प थिएन । बन्दाबन्दी चलिरहेको थियो ।

कैलाली मा रहनु भएको दाइलाई आमाले फोन गर्नु भयो । ‘घरमा हामी सबै बिरामी प¥यौ , सक्छस् भने घरमा आउन’ भन्नु भयो । दिदी ले हस्पिटलमा काम गर्ने भएको र बन्दाबन्दीकोको समय चलेकाले घरबाट उहाँलाई तुलसीपुर जान आउन कठिनाई हुने भएरै हामीले दाइलाई आउन अनुरोध गरेका थियौं ।

दाईले फोनको क्रममा छुट्टिको लागि कोसिस गर्छु मिल्ना बितिकै घर आउने प्रतिबद्धता जनाउनुभयो । हामीलाई थोरै भए पनि हिम्मत र हौसला शरीरमा सञ्चार भएको महसूस भयो नभन्दै भनेको भोलि पल्टैै समयमै दाई कैलाली देखि दाङ घर आउनुभयो ।

बिरामीले लखतरान परेका हामी दाई घर आएको देख्नबितिकै हाम्रो हौसला र हिम्मत त्यसै बढेर गयो । आधाजति कोरोना जिते जस्तो अनुभब हुन गयो । दाइ घर आए सँगै हामीहरुको मनोवल बढाउने देखि हाम्रो खानपिनमा बिशेष ख्याल गर्न थाल्नु भयो ।

सामाजिक क्षेत्रसंगै कोरोना संग जुध्न के –के गर्नु पर्छ त्यो सबै दाईलाई राम्रो संग जानकारी भएर होला आफै बिहानै देखि बेलुका सम्म हामीहरुको खानपिन र मनोवल बढाउन बिभिन्न कुराकानीहरु गर्न थाल्नु भयो । यो विचमा हाम्रो स्वास्थ्यको लागि दाईले गर्नु भएको बिशेष भूमिका ,हौसला हिम्मत र विभिन्न सुझावहरुले हाम्रो गिरेको मनोवल उच्चसंगै हिम्मत र हौसला बिस्तारै पुनर्जन्म पाएको आभास हुन थाल्यो ।

यो विचमा प्रदेशमा भएर पनि हामीहरुको स्वास्थ्य सुधारको लागि श्रीमानले दिएको माया सम्झना अनेकौं हौसला र हिम्मतले मलाइ र मेरो परिवारलाई औषधी जस्तै काम गरिरहेको छ।

यो विचमा दिदी स्वास्थ्य क्षेत्रमा काम गर्ने भएकोले खानपिन औषधीको मात्रा र अन्यत्र गरिने उपचारको विषयमा हामीलाई निरन्तर जानकारी दिदै त्यही अनुसार काम गर्न र उच्च मनोवलका साथ निरन्तर तातो झोलिलो पदार्थ पिउने, निरन्तर बाफ लिने कार्य गरिराख्न हामीलाई हौसला दिईराख्नु भो । जसका कारण हामीहरु स्वास्थ्य जानकारी कही कतै खड्किरहेको छैन्, थप मनोवल उच्च बनेर गएको छ ।

औषधीदेखि अन्य कुरा उहाँले बाराम्बार सिफारिस गरिराख्नु भएको हुन्छ र हाम्रो दैनिकि स्वास्थ्य अवस्थाको बारेमा बुझिराख्ने काम गरिराख्नु भएको छ ।

यतिका वर्ष उमेर सम्म सायदै मैले परिवारको महत्व आबस्यकता औचित्य को बारेमा किताब मा पढेको सुनेको केही बुझेको मात्रै थिए होला । आज मैले परिवार को महत्व कस्तो हुन्छ भन्ने मलाई कोरोणा पछिको यो अबस्थाले थप छर्लङ्ग बनाएको छ । आज बिरामी भएको १९ दिन भयो हाम्रो परिवार मा अब बिस्तारै सबैको मुहारमा मा खुसीको सञ्चार भएको छ।

म जहाँ छु यो घर मेरो जन्म घर त होइन तर मलाई यस्तो पनि लाग्दैन मेरो माइती घर को बुवा,आमा दाई,भाइ दिदी,बहिनी हरु बाट मैले जति हेरचाह माया पाउँथे पढ्ने लाई विश्वास न होला तर मलाई त्यो आभास र पूर्ण विश्वास छ मेरो कर्म घरमा सबैले मलाई जन्मघर जस्तै माया दिनु हुनुन्छ प्रेम गर्नु हुन्छ।

धन्य भगवान मैले यति धेरै मलाई माया गर्ने सम्झिने, विश्वास गर्ने सधैं साथ र सहयोगको हात दिई रहने श्रीमान पाएको छु यो सानो उमेर मा पनि यति धेरै कुरा कति राम्रो सँग बुझ्न सक्ने ज्ञानी छोरो पाएको छु। घरमा माया गर्ने दाई दिदि बुवा आमा पाएको छु ।

बुवा,आमा दाई,दिदी लाई पनि खुसी मन का साथ अपार माया लाख,लाख धन्यवाद तपाईं हरुको प्रेम,माया,हेरविचार ले आज मैले नयाँ जिन्दगी पाएको महसुस गरिरहेको छु आसा छ परिवार बाट निरन्तर यसरी नै सधैं माया पाई रहनेछु।

अव भने मेरो अनुभबको लेखनी लाई बिट मार्नु पूर्व केही कुरा हरु हजुर हरू संग भन्न चाहान्छु कोरोना भाईरस केही पनि होइन भन्ने भ्रममा नपर्नुहोस र यो लागि सके पछि अब बाँच्दैन की भन्ने सोच्न पनि न–सोच्नुहोस ।

यो बीमारी कसैलाई न लागोस लागे पनि अस्पताल सम्म भर्ना हुने स्थिति कसैलाई पनि न आवास ।

यदि कसैलाई यो बिरामी भै हाल्यो भने सुरुवाती दिन मै सतर्क रहनुहोस आफ्नो राम्रो ख्याल गर्नुहोस आफ्नो आफन्ती परिवारले उसलाई धेरै माया हेरविचार दिनुहोस बीमारी ले शरीर कमजोर होला तर हौसला हिम्मत ले मन कमजोर न बनाउनुहोस् ।

आफ्नो आर्थिक हैसियत अनुसार विभिन्न तागतिलो खाने कुरा (माछा लोकल कुखुरा , दुध ,नियमित बिहान बेलुका अण्डा र बेसार,अदुवा,ज्वानो,मरिच,दालचिनिको पत्ता, गुर्जो मिसायर उमालेको झोल बिहान दिउंसो र बेलुका कम्तिमा खाने कोसीस गर्नुहोस ) कुराहरु खान न– छोड्नुहोस विभिन्न तातो झोलिलो खाने कुरा हरु सङ्गसङ्गै तातो पानी को बाफ लिने गरौँ अवस्य हामी यो बीमारी लाई जित्न सक्छौं हजुर हरू सबैको शुभमंगल होस कोरोण बाट बीमारी पर्नु भएका सबै लाई मेरो सिघ्र स्वास्थ्य लाभको कामना छ यसैका्े कारण ले दिवंगत हुने हरुमा हार्दिक श्रद्धा–सुमन का साथ परिवार जनप्रति गहिरो समवेदना व्यक्त गर्दछु । (लेखक दाङ दंगीशरण गाउँपालिका वडा नं. २ निवासी हुन् ।)