जनताले नै दुनियाँलाई बदल्ने हो : विप्लव (भिडियो)

कुन व्यवस्था रोज्ने ? जनताले छान्नुपर्छ 

जनताले नै दुनियाँलाई बदल्ने हो : विप्लव (भिडियो)

जनताले नै दुनियाँलाई बदल्ने हो : विप्लव (भिडियो)

बैशाख ३, बुटवल । नेकपाका महासचिव विप्लवले जनता इतिहासको निर्माता भएको, जनताले नै दुनियाँ बदल्ने र न्यायपूर्ण संघर्षमा जनता कहिल्यै पराजित नहुने बताउनु भएको छ । महासचिव विप्लवले जनताका सपनामाथि धोका, गद्दारी गर्ने र अपमान गर्ने गद्दारहरुलाई इतिहासले कुल्चेर अगाडी बढ्ने बताउनु भयो । उहाँले नेपाली जनताले पाइला–पाइलामा दलाल पुँजीवाद र साम्राज्यवादको थिचोमिचो विरुद्ध संघर्ष गर्दै अगाडी बढिरहेको र शोषणबाट मुक्तिका लागी वैज्ञानिक समाजवादी व्यवस्था खोजिरहेको बताउनुभयो ।

महासचिव विप्लवले बैशाख १ गते कपिलवस्तुस्थित शिवगढीमा केन्द्रीय सम्पर्क कार्यालयको शिलान्यास गर्दै संसदीय व्यवस्थाभित्रको सरकारमा जाने र मन्त्री बन्ने हल्ला दलालहरुले अनर्गल रुपमा फैलाएको झुठो प्रचार भन्दै उक्त कुरा निराधार हल्ला भएको समेत बताउनु भएको हो ।