संघीय लिम्बुवान पार्टीका गजेन्द्र समुह राष्ट्रिय जनमुक्ति पार्टीमा समायोजन

संघीय लिम्बुवान पार्टीका गजेन्द्र समुह राष्ट्रिय जनमुक्ति पार्टीमा समायोजन

बुटवल । संघीय लिम्बुवान  पार्टीका केन्द्रिय सचिव युवा नेता गजेन्द्र आङ्बुहाङको नेतृत्वमा विभिन्न  जिल्लाका ५३ जना नेता तथा कार्यकर्ता सहित राष्ट्रिय जनमुक्ति पार्टीमा समायोजन भएका छन् । 

युवा नेता गजेन्द्र आङ्बुहाङ सहित सम्पुर्ण नेता तथा कार्यकर्ताहरुको नामावली सहितको समायोजन पेपरमा राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय अध्यक्ष के.पी. पालुङ्वाले हस्ताक्षर गरी पार्टीमा स्वागत गरेका छन् । वैकल्पिक शक्ति निर्माणमा जुटिरहेको जनमुक्तिलाई उक्त समायोजनले पूर्वमा थप शक्तिशाली बन्दै गएको सचिब बिष्णु थाम्देनले बताए । संगठन निर्माण र पार्टी प्रवेश कार्यक्रम निरन्तर चलिरहने पनि थाम्देनले जनाएका छन् ।