'फोटो फिरिममा २' लाई चोरीको आरोप, हटाइयो युट्युबबाट

शिशिरले जानीजानी आफैले गीतको शब्द र लय नजुधाएको

'फोटो फिरिममा २' लाई चोरीको आरोप, हटाइयो युट्युबबाट

बुटवल । कलाकार शिशिर भण्डारीले गीत 'फोटो फिरीममा २ रुमाल चिनो छ'  युट्युबबाट हटाएका छन् l केही दीन अगाडी लोक दोहोरी गीत 'औँठी चिनो छ' सँग लय मिल्न गएको भन्दै  उनी माथि गीत चोरीको आरोप लागेको थियो l  शिशिरले एक भिडियो निर्माण गर्दै गीतको लय जुध्न गएकोमा माफी समेत मागेका छन् । र युट्युबबाट हटाइसकेको समेत जानकारी दिएका छन् । भिडियोमा शिशिरले जानीजानी आफैले गीतको शब्द र लय नजुधाएको तर कहीँकतै जुध्न गएकोमा क्षमा समेत मागेका छन् । 

शिशिरकै कथा/ निर्देशन शब्द, संगीत रहेको गीतमा आवाज प्रताप दास, रचना रिमाल र कुमार अभिको रहेको थियो l भने, दोहोरी गीत 'औँठी चिनो छ' मा चाही गायक राजु परियार, बिमा कुमारी दुरा र सूर्य कुमार छेत्रीको आवाज समावेश  छ l 

शिशिर भण्डारी पछिल्लो समयका चर्चित संगीतकार तथा समाजिक अभियन्ता हुन् ।